जेठदेखि आफ्नै सवारी साधनले ट्रायल दिन पाइने, ६० अंक ल्याए पास हुने

जेठदेखि आफ्नै सवारी साधनले ट्रायल दिन पाइने, ६० अंक ल्याए पास हुने

trial

आगामी जेठ १ गतेदेखि आफ्नै सवारीसाधन प्रयोग गरी दुईपाँग्रे सवारीको लाइसेन्सका लागि ट्रायल दिन पाइने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले सवारी चालक अनुमतिपत्रको परीक्षा कार्यविधि निर्देशिका २०७७ मा सहमति दिएसँगै आगामी जेठ १ गतेबाट यस्तो व्यवस्था लागू हुने भएको हो ।

यसअघि यातायात व्यवस्था विभागले दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनको लाइसेन्स वितरण प्रक्रियालाई सरलीकरण गर्ने भन्दै सवारी चालक अनुमतिपत्र संचालन कार्यविधि तयार गरेर मन्त्रालय पठाएको थियो ।

नयाँ व्यवस्था अनुसार सरकारले मापदण्ड तोकेर आफ्नै सवारी साधनमा ट्रायल दिन पाउने व्यवस्था गर्न लागेको हो । त्यसको लागि ९५ सीसी क्षमताभन्दा माथिको मोटरसाइकल वा स्कुटर हुनु पर्ने छ ।

नयाँ निर्देशिका अनुसार परीक्षार्थीले ६० प्रतिशत अंक ल्याए लाइसेन्स पाउने छन् । नयाँ निर्देशिकाले मोटरसाइकल, स्कुटर, मोपेड जस्ता सवारी साधनको प्रयोगात्मक र लिखित परीक्षाको स्वरुप परिमार्जन गरेको हो ।

लिखित परीक्षामा पनि पहिले जस्तो धेरै प्रश्न आउने छैनन् । ५र५ अंकको जम्मा २० वटा प्रश्न मात्रै सोधिने छ । विभागले ५०० वटा प्रश्न संकलन गर्ने र त्यही मध्येबाट २० वटा प्रश्न सोध्ने छ । लिखित परीक्षामा उत्तिर्ण हुन भने ८० अंक अनिर्वाय ल्याउनु पर्ने हुन्छ ।

नयाँ नियम अनुसार आठको अंकभार २० हुने छ । यदि आठमा एक पटक खुट्टा टेके १० अंक घट्ने छ । तर दुई पटक खुट्टा टेकेमा फेल हुने छ । साँघुरो फलेकको अंक १० हुने छ । यसमा कुनै गल्ति गरे फेल हुने छ ।

यूटर्नको अंकभार १० हुने छ । यसमा असफल भए १० अंक घट्ने छ । स्पीड ब्रेकरको १५ अंकभार हुने छ । यसमा एक पटक खुट्टा टेकेमा ५ अंक घट्ने छ भने स्टार्ट बन्द भए अर्को ५ अंक घट्ने छ । तर, दुई पटक खुट्टा टेकेमा फेल हुने छ ।

उकालोलाई २० अंकभार दिइने छ । यसमा कुनै गल्तिभए स्वत फेल हुने छ । सवारी साधन निरीक्षण नगरी चलाएमा ३ अंक, हेल्मेट नलगाए ४ अंक र अनियन्त्रीत तरिकाले चलाए ३ अंक घट्ने छ । यसरी समग्रमा प्रयोगात्मक परीक्षामा ६० अंक ल्याउने चालकले लाइसेन्स पाउने छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds