अब काठमाडौं प्रवेश गर्नेको एन्टिजेन परीक्षण गरिने

अब काठमाडौं प्रवेश गर्नेको एन्टिजेन परीक्षण गरिने

thumb

कोरोना भाइरस सङ्क्रमण बढेपछि मन्त्रालयले अब काठमाडौं उपत्यकामा प्रवेश गर्नेको बेलाबेलामा एन्टिजेन परीक्षण गर्ने भएको छ । मन्त्रालयले नयाँ प्रजातिको कोरोना भाइरस फैलिएको भन्दै काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा एन्टिजेन परीक्षण गरिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

यसअघि पनि मन्त्रालयले उपत्यकामा प्रवेश गर्नेको कोभिड–१९ को पिसिआर परीक्षण गरेको थियो । नाकाबाट प्रवेश गर्नेलाई १० वटा सर्जिकल मास्क पनि उपलब्ध गराइने भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । यस्तै स्थानीय तहमा जोखिम पहिचान गरी एन्टिजेन परीक्षण बढाउनेसमेत भएको उनले जानकारी दिए । विभिन्न प्रवेश बिन्दुबाट नेपाल छिर्नेलाई होम क्वारेन्टिनमा बस्न र स्वास्थ्यका मापदण्ड पालना गर्न पनि उनले आग्रह गरे ।

यस्तै मन्त्रालयले सबै जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)लाई जिल्लाभित्र भेला, सभा जुलुस रोक्न अनुरोध गरेको जानकारी दिएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds