एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाही नटेर्ने बताएका छन् । पोखरामा बिहीबार आयोजित कार्यकर्ता भेलामा उनले एमाले पार्टी ओलीको निजी कम्पनी नभएको भन्दै पार्टीको विधि र विधानविपरीत गरिएको कारबाही स्वीकार नगर्ने प्रस्ट्याए ।
उनले आफू वरिष्ठ नेताको पदमा यथावत् रहेको जनाउँदै एमालेको पदाधिकारी बैठकमा पनि आफ्नो समूहको बहुमत रहेको बताए । ‘१५ सदस्यमध्ये उनका ५ जना मात्रै छन् । स्थायी कमिटीमा हामी १२, उनका १० जना छन् । पोलिटब्युरोमा पनि हामी नै बढी छौं । यो उनलाई सह्य भएन,’ उनले भने ।
ओलीमा पार्टीको विधि र विधानमा नचल्ने, बहुमतको निर्णय नटेर्ने प्रवृत्ति रहेको र उनले गुटको ‘प्राइभेट कम्पनी’ चलाउन खोजेको नेपालले आरोप लगाए । उनले ओलीले एमाले अध्यक्ष र प्रधानमन्त्री पदको समेत दुरुपयोग गरेको बताए । ‘सरकारलाई करोडौं राजस्व नतिर्ने व्यक्तिको घरमा पार्टी कार्यालय राख्ने भनेर ओली पुगेका छन्,’ उनले भने, ‘यसरी गलत प्रवृत्तिलाई च्याप्दा जनतासँग विश्वास गुम्छ ।’ उनले अहिले एमालेभित्र पद र व्यक्तिको नभई गलत प्रवृत्तिको लडाइँ रहेकाले ओली प्रवृत्तिको निरुत्साहित गर्नुपर्ने बताए ।
नेपालले सर्वोच्च अदालतको फैसलासमेत चित्तबुझ्दो नरहेको धारणा राखे । ‘फैसला मान्नुपर्छ तर चित्त बुझेको छैन । नेकपा पार्टी ठूलो हुन्छ चुनाव चिह्न हामीलाई नै हुन्छ र आफू कमजोर हुन्छु भनेर ओलीले खेल खेलेका हुन् ।’
ओलीको गलत कामलाई उनका आसेपासेले मात्र सही हो भन्दै उचाल्ने गरेको नेता नेपालले बताए । ओलीमा सुध्रिने चाहना नै नरहेको जनाउँदै उनले भने, ‘यदि चाहन्छन् भने फागुन २८ मा भएका निर्णय सच्याऊन् । हामी पुराना कुरा बिर्सिएर नयाँ ढंगबाट अगाडि बढ्न तयार छौं । होइन भने हाम्रो संघर्ष जारी रहन्छ ।’
ओलीकै कारण पार्टीमा समस्या उत्पन्न भएको भन्दै नेपालले ओली पुन: संसद विघटन गर्ने तयारीमा रहेको दाबी गरे । ओलीले प्रधानमन्त्री पद गुमाउनुपर्छ भनेर गुटको एकलौटी काम गरेको उनको भनाइ थियो ।
‘हामी पनि नयाँ कमिटी बनाएर घोषणा गर्छौं,’ नेपालले भने, ‘हामी केपीतिर जानु छैन । कारबाही गरेर आत्तिनुपर्ने केही छैन ।’ उनले अब स्थानीय, प्रदेश र संघको चुनावमा सबै वामपन्थी एक हुने भन्दै यस विषयमा छलफल भइरहेको बताए । ‘ओलीलाई एक्ल्याएरै छाड्छौं,’ उनले भने ।
सरकारमा भएकैले ओलीको दम्भ बढी भएको जनाउँदै सरकारबाट बाहिरिएपछि उनी कमजोर हुने नेपालले बताए । एमालेका ८ लाख सदस्यमध्ये ओलीका २ लाख मात्रै रहेको उनले दाबी गरे । ‘उनको व्यवहारबाट चिन्तित हुने होइन, चुनौतीसँग लड्ने हो,’ उनले भने, ‘केपीले जेल हाल्छु भन्दैमा को डराउँछ ? यो सबै सत्ताको फुइँफुइँ हो ।’
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु