लुम्बिनी प्रदेशमा डढेलोमा परेर दुई जनाको ज्यान गएको छ । गुल्मीको धुर्कोट गाउँपालिका वडा नं ७ की ९ वर्षकी एक बालिका र पाल्पा माथागढी गाउँपालिकाका एक पुरुषको मृत्यु भएको प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको वातावरण महाशाखा प्रमुख डिलाराम पौडेलले जानकारी दिए ।
पौडेलले प्रदेशभरका सबै जिल्लामा डढेलो लागेको बताए । गर्मी बढेसँगै प्रदेशका महाभारत र चुरे पहाडहरुमा डढेलोको प्रकोप बढेको छ । प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले दिएको जानकारीअनुसार याम शुरू भएपछि हालसम्म प्रदेशभरका वनहरूमध्ये ३६८ स्थानका १८ हजार ५८६ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ ।
शनिबार साँझसम्मको विवरणअनुसार पछिल्लो चार दिनमा थप ९२ स्थानका ३ हजार २३७ हेक्टर क्षेफलमा डढेलो फैलिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जसमेत गरेर प्रदेशमा अहिले ५६ वटा डढेलो रहेको संघीय सरकारको वन तथा वातावरण मन्त्रालयले जानकारी दिएको छ । चैत १७ गतेसम्म २७६ स्थानमा १५ हजार ३४९ हेक्टरमा लागेको डढेलो गत शनिबारसम्म ३६८ स्थानमा १८ हजार ५८६ हेक्टरमा फैलिएको छ । पाँच दिनमा ९२ स्थान र ३ हजार २३७ हेक्टरले डढेलो बढेको हो ।
सबैभन्दा धेरै डढेलो अर्घाखाँचीमा छ । जिल्लाको ६८ स्थानमा ९ हजार ७१५ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । त्यस्तै धेरै डढेलो लागेका जिल्लाहरू नवलपरासी, कपिलवस्तु, गुल्मी छन् ।
डढेलो निभाउन आवश्यक उपकरणहरू नरहेको वातावरण महाशाखा प्रमुख पौडेलले बताए । डेढेलो बढ्दै जाँदा लुम्बिनी प्रदेशमा प्रदूषण पनि बढ्दै गएको छ । विभिन्न ठाउँमा लागेको डढेलोका कारण देशभर वायु प्रदूषण बढेको छ ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष