यसपालीको बसन्त ऋतुमा विश्व प्रशिध्द व्यक्तिहरुपनि सगरमाथा आरोहणका लागि नेपालमा आएका छन। बहराईनका राजकुमार अहिले सगरमाथा चढनेक्रममा सोलुखुम्बुमा छन। यसैगरी विश्वको प्रशिध्द संगीत सम्बन्धि पुरस्कार ग्रामी अवार्डमा गायकतथा गीतकारका रुपमा मनोनयनमा परेका माईक पोस्नर अहिले नेपालमा रहेका छन। उनि बिहीबार मात्र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हेलिकप्टर सोलुखुम्बुतर्फ प्रस्थान गरेका थिए।
सन २०१९ मा आफ्नो बाबुको निधनपछि आफ्नो जीवनमा बोझ थपिएको महसुस गर्दै यदि उनले आफ्नो यात्रा थालनी गरेका थिए। यदि आफू ग्रामी अवार्डमा मनोनयनमा परेको व्यक्ति नभएको भए जीवन कस्तो हुन्थ्यो भनि उनले अमेरिका बाहिर गएर आफनो यात्राको थालनी गरेका थिए। उनले अमेरिकाको कोलोराडोस्थित रक्की माउण्टेन पार गरिसकेपछि आफ्नो जीवनको यात्रामा परिवर्तन पाएको महसुस गरेको उल्लेख गरेका छन। त्यसपछि उनले विश्वको सर्वोच्च शिखर सगरमाथा चढने लक्ष्य राखेका छन। उनले आफ्नो यो अभियान आफ्ना दिवंगत बाबुप्रति समर्पित गरेका छन। उनका बाबु ४० वर्षसम्म अमेरिकाको डेटरोईटमा अपराधिक सुरक्षा सम्बन्धि वकालत गरेका थिए। उनले आफ्नो सगरमाथा आरोहण अभियान डेटरोईट अपराधिक न्याय केन्द्र खोल्नका लागि रकम जुटाउने लक्ष्य राखेका छन।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र चालक फरार
‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशबासी’ को संकल्प पूरा गर्नुछः प्रदेश प्रमुख