पोखराको जनप्रिय क्याम्पसमा अनेरास्ववियुको समानान्तर कमिटी गठन भएको छ । आविष्कार केसीको अध्यक्षतामा माधव कुमार नेपाल पक्षीय अनेरास्ववियुको जनप्रिय क्याम्पस कमिटी गठन भएको हो ।
उपाध्यक्षमा उज्ज्वल तिमिल्सिना, प्रकृति रानामगर तथा नवदीप क्षेत्री रहेका छन् । कमिटीको सचिवमा सुरज ढकाल चयन भएका छन् । कमिटीको सहसचिवमा अर्जुन बुढाथोकी, विप्लव खड्का, रविना श्रेष्ठ, संगम आचार्य, सुनिता आले, सुदिप अर्याल तथा आरती पौडेल रहेका छन् ।
यस्तै, अनिता लुइंटेल कमिटीको कोषाध्यक्षका रुपमा चयन भएकी छिन् । कमिटीको सदस्यमा विवेक रोका, मनिस पंगेनी, बिमल सुनार, अस्मिता थापा, अनिसा थापा, स्मृति सिंह, साधना रेग्मी लगायत रहेका छन् ।
कार्यक्रममा बोल्दै अनेरास्ववियुका केन्द्रीय सचिव राजन शर्मा पराजुलीले राजनीतिक व्यवस्था परिवर्तनको आन्दोलनमा अनेरास्ववियुको भूमिका महत्वपूण रहेको र सो आन्दोलन जनताको अधिकारका लागि केन्द्रित भएको बताए । पराजुलीले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलाले भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप लगाए ।
‘प्रधानमन्त्री भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता भनेर थाक्नु हुन्न, तर उहाँकै मन्त्रीहरु भ्रष्टाचारमा लिप्त भएको देख्नुहुन्न ।’ उनले भने ‘विभिन्न भ्यु टावर बनाउँदैमा, बाटो पिच गर्न भन्दै बटन थिचेर शिलान्यास गर्दैमा र ढलेको धरहरा बनाउँदैमा समाजवाद आउने होइन । त्यसरी आउने भए भीमसेन थापाको पालामा नै आउने थियो ।’
गोबिन्द महतको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रकृति राना मगर र संचालन सचिन लुइँटेलले गरेका थिए ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’