पोखरामा १५ वर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा धादिङ निलकण्ठका ईश्वर पक्राउ

पोखरामा १५ वर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा धादिङ निलकण्ठका ईश्वर पक्राउ

ishwarrr

जबर्जस्ती करणी मुद्धामा धादिङका युवक पोखरामा पक्राउ परेका छन् ।

एक १५ बर्षीया बालिकालाई घरमा कोही नभएको अवस्थामा डरत्रास, धम्की दिई जबरजस्ती करणी उद्योग गरेको भन्ने जाहेरीको आधारमा शनिबार २३ वर्षीय ईश्वर श्रेष्ठ पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार धादिङ निलकण्ठ नगरपालिका वडा नं.९ घर भएका ईश्वर कास्की पोखरा महानगरपालिका वडा नं.४ गणेशटोल बस्दै आएका थिए ।

आफ्नो कोाठबाटै उनलाई पक्राउ गरी जबरजस्ती करणी उद्योग मुद्धामा दश दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ