मोवाइल चार्ज गर्दा करेन्ट लागेर युवतीको मृत्यु

मोवाइल चार्ज गर्दा करेन्ट लागेर युवतीको मृत्यु

death

घरमा मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर घाइते भएकी एक युवतीको सोमबार उदयपुरमा मृत्यु भएको छ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार उदयपुर जिल्लाको कटारी नगरपालिका ४ सिम्ले बस्ने ३९ बर्षीया मन कुमारी मगर दनुवारको करेन्ट लागे मृत्यु भएको हो ।

सोमबार बेलुका साढे ५ बजे घरमा मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर घाइते भएकी उनको उपचारको लागी शान्ति हेल्थकेयर मिर्चैया सिरहा पुर्‍याउन साथ मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको सो कार्यालयले जानकारी दिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ