माओवादीले १३ सांसद गुमायो, उपनिर्वाचनको तयारीमा निर्वाचन आयोग

माओवादीले १३ सांसद गुमायो, उपनिर्वाचनको तयारीमा निर्वाचन आयोग

moist kendra

काठमाडौं- नेकपा ९माओवादी केन्द्र०ले संघ र प्रदेशमा गरी १३ सांसद गुमाएको छ। माओवादीले संघीय संसद्‍मा पाँच र प्रदेशमा आठ जना गरी १३ जना सांसद गुमाएको हो।

संघमा माओवादीबाट राष्ट्रिय सभा सदस्य निर्वाचित रामबहादुर थापा‘बादल’ तथा प्रतिनिधि सभातर्फ सांसदहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको पद गुमेको छ। माओवादी छाडेर एमालेमा लागेका उनीहरुको सांसद पद गुमेको हो।

थापासहित पाँच जनालाई माओवादीले कारबाही गरेपछि सांसद पद रिक्त छ। प्रदेश सभाका आठ सांसदलाई माओवादीले कारबाही गरेकाले ती सांसद पद पनि रिक्त छन्।

प्रदेश १ बाट टंक आङबुहाङ माओवादी छाडेर एमालेमा लागेका छन्। प्रदेश २ बाट रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरले पनि माओवादी केन्द्र छाडेका छन्। लुम्बिनी प्रदेशबाट दिनेश पन्थी र दधिराम न्यौपाने, कर्णाली प्रदेशबाट धर्मराज रेग्मी एमालेमा गएका छन्।

उपनिर्वाचनको तयारीमा निर्वाचन आयोग

सांसद पद खारेज परेका क्षेत्रमा उपनिर्वाचनको मिति घोषणा गर्ने तयारीमा निर्वाचन आयोग लागेको छ । आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसद पद रिक्तको सूचना आएसँगै परामर्शसमेत गरिसकेको छ ।

संविधानमा प्रतिनिधि सभाको कार्यकाल छ महिनाभन्दा बढी अवधि बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो, सोही प्रक्रियाद्वारा पूर्ति गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ