काठमाडौं : सरकारले हिजो सोमवार २५ जनाभन्दा बढी मानिस जम्मा हुन नपाइने भन्दै आदेश जारी गरेको छ । अटेर गरेमा कारबाही गर्ने पनि चेतावनी दिएको छ ।
यद्यपि उक्त निर्णयको खिल्ली उडाउँदै बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा पूजा अनुष्ठान कार्यक्रम राखियो। चितवनमा लगेर राखिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई बिहानै विधिवत पूजाका लागि अनुष्ठान कार्यक्रम आयोजना गरिएको हो।
चितवन लैजानुअघि प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्यले ती मूर्तिमा पूजा गरेका हुन्। कार्यक्रममा पर्यटन तथा संस्कृतमन्त्री भानुभक्त ढकाल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलगायत सहभागी थिए। उनीहरुले मास्क लगाए पनि भिड बाक्लो थियो भने भौतिक दुरी पनि सरकारले तोकेजस्तो मापदण्ड कायम गरेको थिएन।
प्रधानमन्त्री ओलीले ती मूर्ति हस्तान्तरण गरेका छन्। ती मूर्ति आजै चितवन पुर्याइने कार्यक्रम रहेको छ। चितवनको अयोध्यमा ती मूर्ति राखिनेछन्। प्रधानमन्त्री ओलीले रामको जन्मभूमिम चितवनको अयोध्या रहेको दाबी गर्दै आएका छन्।
राम, सीता, लक्षमण र हनुमानका मूर्ति रामनवमीको अवसर पारेर चितवनको अयोध्याधाममा स्थापना गर्ने तयारी भएको छ । पूर्णकदका ती मूर्तिहरु माडी अयोध्याधाममा भोलि अनावरण गर्न लागिएको हो । ‘श्री सीताराम शोभा रथयात्रा’ नाम दिइएको धार्मिक र्यालीसहित सीता-रामका मूर्तिहरुलाई आज देवघाटमा लगेर राखिनेछ ।रथमा मूर्ति राखेर ५ सयभन्दा धेरै गाडीसहितको कलशयात्रा तथा शोभायात्रा चितवन पुग्नेछ ।
सोमवार बसेको मन्त्रिपरिषद् बैठकले कोरोनासम्बन्धी बेग्लै आदेश जारी गर्दै कुनै पनि सभा समारोहमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने नियम जारी गरेको हो। ‘एक पटकमा पच्चीस जना भन्दा बढी हुन नहुने, कुनै पनि सामान अनावश्यक नछुने, दुई व्यक्तिको बीचमा दुई मिटर दुरी कायम गर्ने, मास्क अनिवार्य गर्ने,’ हिजोको मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ।
सम्बन्धित खबर
पत्रकार पक्राउ प्रकरणमा दोषीलाई कारबाही गर्न रास्वपाद्वारा सरकारलाई निर्देशन
वर्षा रोकिएसँगै देशभरको मौसममा क्रमिक सुधार
बालेनलाई तनुजाको कटाक्षः देशलाई नै लुडो बनाइसक्नुभयो, अब यसको श्रेय पनि आफैँ लिनुहोस्
चक्रवात ‘अर्नब’को प्रभाव नेपालतिर सोझिँदै, गण्डकीसहित तीन प्रदेशका हिमाली क्षेत्रमा ‘रेड अलर्ट’
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
दसैँ अवधिमा सवारी दुर्घटनाबाट देशभर १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते