ओली–नेपाल मेरियट होटलमा वार्ता गर्दै, धरहरा हेर्दै 

ओली–नेपाल मेरियट होटलमा वार्ता गर्दै, धरहरा हेर्दै 

oli-nepal ho

काठमाडौँ : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालले होटल मेरियटबाट नवनिर्मित धरहराको दृष्यावलोकन गरेका छन् ।

विभाजन नजिक पुगेको एमाले जोगाउन भन्दै छलफल गर्न मेरियट पुगेका प्रधानमन्त्री ओली र नेता नेपालले बिहीबार त्यहीबाट धरहराको दृष्यावलोकन गरेका हुन् । प्रधानमन्त्री ओलीले वैशाख ११ गते धरहराको उद्घाटन गर्दैछन्।

दोस्रो दिन पनि छलफलमा जुटेका उनीहरुले होटलको भेटघाट कक्षको झ्यालबाट सुन्धारामा नवनिर्मित धरहराको दृश्यावलोकन गरेको तस्बिर प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।

समानान्तर गतिविधि गरिरहेका नेता नेपाल र अध्यक्ष ओलीबीच सोही होटेलमा बुधबार पनि छलफल भएको थियो । एमाले फुटेरभन्दा पनि जुटेर जानुपर्ने ओली र नेपाल दुबै सहमत भए । तर नेता नेपालले २०७५ जेठ २ गतेअनुसार नै पार्टी चल्‍नुपर्ने प्रस्ताव ओलीलाई राखे । प्रस्ताव राखेर केही समय कुरा गरेपछि अब भोलि २ बजे फेरि बैठक बसौँ भन्दै निस्किएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ