काठमाडौं । अहिलेकै दरमा कोरोना सङ्क्रमितको संख्या थपिएमा केही दिनभित्रै अस्पतालमा बिरामी राख्ने ठाउँसमेत नहुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आइतबार मन्त्रालयले सूचना प्रकाशित गर्दै सङ्क्रमणको चक्र रोक्न नसकिएमा केही दिनभित्रै अस्पतालमा बिरामी राख्ने ठाउँ नहुने जनाएको हो ।
जारी सूचनामा भनिएको छ, ‘संक्रमणको चक्रलाई रोक्न सकिएन र यहीँ गतिमा कोरोना संक्रमित फैँलदै गएमा केही दिनमै अस्पतालमा बिरामी राख्ने ठाउँसम्म हुने छैन । त्यसैले व्यक्ति व्यक्तिबाट निर्वाह गर्न सक्ने भूमिकाहरुबाट कसैलाई पनि विचलित हुन नदिऔँ, खबरदारी गरौँ ।’
मन्त्रालयले कोरोना सङ्क्रमितको उपचारका लागि कुनै पनि औषधि उपाय विकास नभइसकेकाले अहिलेका लागि रोकथाम गर्न सरकारले तोकेका मापदण्डहरू नै निर्विकल्प रहेको जनाएको छ ।
छिमेकी देशमा बढेको सङ्क्रमणले त्यहाँको स्वास्थ्य प्रणाली नै तहसनहस भएको भन्दै त्यो हृदयविदारक घटना हाम्रोमा पनि देखिन सक्ने भएकाले समयमै सुरक्षाका उपाय अपनाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।
साथै, संवेदनशील समयमा कुनै पनि सार्वजनिक कार्यक्रम नगर्न/नगराउन मन्त्रालयले सबैसँग आग्रह गरेको छ ।

सम्बन्धित खबर
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
बाढीपीडितका लागि कर्मचारीको तलबबाट ३६ करोड योगदान गरिने, बिदामा पनि काम गर्नुपर्ने
लायन्सद्वारा बाढीपीडितका लागि १ करोड प्रारम्भिक सहयोग
नवलपरासीको गण्डक क्षेत्रमा शव भेटिन थाले, अहिलेसम्म ३५९ जनाको शव भेटियो
पृथ्वी राजमार्गमा यातायात ठप्प, सडकमा थुप्रिएको लेदो हटाउने काम जारी
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो