काठमाडौं । अहिलेकै दरमा कोरोना सङ्क्रमितको संख्या थपिएमा केही दिनभित्रै अस्पतालमा बिरामी राख्ने ठाउँसमेत नहुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आइतबार मन्त्रालयले सूचना प्रकाशित गर्दै सङ्क्रमणको चक्र रोक्न नसकिएमा केही दिनभित्रै अस्पतालमा बिरामी राख्ने ठाउँ नहुने जनाएको हो ।
जारी सूचनामा भनिएको छ, ‘संक्रमणको चक्रलाई रोक्न सकिएन र यहीँ गतिमा कोरोना संक्रमित फैँलदै गएमा केही दिनमै अस्पतालमा बिरामी राख्ने ठाउँसम्म हुने छैन । त्यसैले व्यक्ति व्यक्तिबाट निर्वाह गर्न सक्ने भूमिकाहरुबाट कसैलाई पनि विचलित हुन नदिऔँ, खबरदारी गरौँ ।’
मन्त्रालयले कोरोना सङ्क्रमितको उपचारका लागि कुनै पनि औषधि उपाय विकास नभइसकेकाले अहिलेका लागि रोकथाम गर्न सरकारले तोकेका मापदण्डहरू नै निर्विकल्प रहेको जनाएको छ ।
छिमेकी देशमा बढेको सङ्क्रमणले त्यहाँको स्वास्थ्य प्रणाली नै तहसनहस भएको भन्दै त्यो हृदयविदारक घटना हाम्रोमा पनि देखिन सक्ने भएकाले समयमै सुरक्षाका उपाय अपनाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।
साथै, संवेदनशील समयमा कुनै पनि सार्वजनिक कार्यक्रम नगर्न/नगराउन मन्त्रालयले सबैसँग आग्रह गरेको छ ।

सम्बन्धित खबर
रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु
निदाएका श्रीमानमाथि दाउ प्रहार गरी हत्या
गायिका रचना रिमाल डिस्चार्ज
हेवा खोलामा बेलिब्रिज खस्दा ३ जना मजदुरको मृत्यु
मोटरसाइकल दुर्घटनामा प्रहरी हवल्दारको मृत्यु, श्रीमती र छोरा गम्भीर घाइते
बदली र वर्षाको सम्भावना कहाँ-कहाँ?
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ