काठमाडौं । सरकारले कोरोना संक्रमणको जोखिम थप बढ्दै गएकोले सार्वजनिक समारोह र सार्वजनिक स्थलमा हुने कार्यक्रममा सहभागी नहुन आह्वान गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै सो अनुरोध गरेको हो ।
सार्वजनिक सूचनामा मन्त्रालयले पछिल्लो अवस्थालाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गरी संवेदनशील बन्न, सार्वजनिक समारोहहरु र सार्वजनिक स्थलमा हुने कार्यक्रमहरु नगर्न, नगराउन र सहभागी नहुन आह्वान गरेको छ । त्यस्ता व्यक्ति र निकायहरुबाट त्यस किसिमका गतिविधिहरु भएमा खबरदारीसहित कारवाहीको दायरामा ल्याइदिएर सहयोग गर्न समेत मन्त्रालयले आह्वान गरेको छ ।
‘ट्रान्जिटमा आउने विदेशी नागरिकको कोरोना परीक्षण नगराउनू’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ट्रान्जिटमा आउने विदेशी नागरिकको कोरोना परीक्षण नगर्न प्रयोशालाहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै नेपाललाई ट्रान्जिट बनाउने गरी आउने विदेशी नागरिकको कोरोना परीक्षण नगर्न भनेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘ नेपाललाई ट्रन्जिट बनाउने गरी आएका वा नेपालमा परीक्षण मात्रै गर्ने गरी आएक कुनै पनि विदेशी नागरिकहरुको कोभिड १९ परीक्षण नगरीदिन हुन सबै प्रयोगशालाहरुलाई निर्देशन गरिन्छ । यस किसिमले निरुत्साहित गर्दै बन्देज गर्न नसक्दा संक्रमण फैलने जोखिम झनै बढेर गइरहेको देखिएको छ ।’
कोभिड १९ को परीक्षण गर्दा नेपाली नागरिक, कुटनीतिक निकाय, मिसनका कर्मचारी तथा उनीहरुको परिवार र नेपालमा बसोबास गरिरहेका विदेशी नागरिकहरुलाई परिचय खुल्ने प्रमाणका आधारमा मात्रै कोरोना परीक्षण गर्न प्रयोगशालाहरुलाई निर्देशन दिइएको छ ।
मन्त्रालयको निर्देशन विपरीत कुनै पनि प्रयोगशालाहरु वा व्यक्तिहरुले परीक्षण गर्ने गराउने गरेको पाइएमा नियम अनुसार कारबाही गर्ने चेतावनी समेत मन्त्रालयले विज्ञप्तिमार्फत दिएको छ ।

सम्बन्धित खबर
लागू औषधसहित दुईजना मानिस र भारतीय नम्बरको गाडी नियन्त्रणमा
रवि लामिछानेविरुद्ध पर्सा अदालतमा पनि मुद्दा दर्ता, सानोपाइला सहकारीमा १ अर्ब ३२ करोड अपचलन दाबी
गण्डकी सरकारले ल्यायो ३१ अर्ब ९७ करोडको बजेट (पूर्णपाठ)
देश चलाउन सक्ने कर्मचारीतन्त्र चाहियो : प्रधानमन्त्री ओली
रास्वपालाई कांग्रेसको प्रश्न: निलम्बित सांसदलाई संसदीय दलको नेता राख्ने, नैतिकताको पाठ सिकाउने ?
३९ लाख ५० हजार बिगो भएको बैंकिङ कसुर मुद्दाका फरार तीन जना प्रतिवादी पक्राउ
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ