प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रले अविश्वासको प्रस्ताव लैजाने अन्तिम तयारी गरेका छन्। उनीहरूले संसदको चौंथो ठूलो दल जनता समाजवादी पार्टीको निर्णय कुरिरहेका छन्।
जसपाका शीर्ष नेताहरू आन्तरिक छलफलमै व्यस्त छन् । उनीहरूबीच निरन्तर छलफल भएको छ तर कुनै निर्णय गर्न सकेका छैनन् । जसपा नेताहरू महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्री ओलीसँग मिलेर सत्ता गठबन्धन बनाउने प्रयत्नमा छन् तर बाबुराम भट्टराई र उपेन्द्र यादवलगायतका नेताहरू कुनै पनि हालतमा ओलीसँग मिल्न नहुने अडानमा छन् ।
सकेसम्म नेताहरुले सहमतिमै निर्णय नगर्ने गर्ने नभए भोलिसम्ममा बहुमतका आधारमा भए पनि निर्णय हुने जसपाका एक नेताको भनार्य छ । जसपाले निर्णय गरे बुधबार नै प्रधानमन्त्री ओलीविरूद्ध अविश्वासको प्रस्ताव संसदमा दर्ता गर्ने तयारी रहेको कांग्रेसका एक नेता बताउँछन् । बहुमतीय निर्णय भए सरकारको विपक्षमा अर्थात् बाबुराम र उपेन्द्रको लाइनमा बढी कार्यकारी समिति सदस्य छन् ।
पछिल्लो साता कांग्रेस र माओवादी केन्द्रले थप छलफल गरेर अविश्वासको प्रस्ताव लैजाने निष्कर्ष निकालेका हुन्। माओवादी केन्द्रका एक नेताका अनुसार दुबै पार्टीले अविश्वासको प्रस्ताव अघि बढाउन आफ्ना सांसदहरूको हस्ताक्षरसमेत संकलन गरिसकेका छन्।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु