काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तत्काल नयाँ सरकार बन्ने संकेत नेदेखिएको बताएका छन् ।
विपक्षी दलहरुलाई समेटेर नयाँ सत्ता समीकरणको कसरत गर्दै आएका प्रचण्डले हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’मा बोल्दै जसपाले निर्णय गर्न नसक्दा तत्कालै सरकार बन्ने संकेत नदेखिएको बताए । प्रचण्डले अहिले आफूले चाहेर मात्रै सरकार बन्न नसक्ने बताए ।
कति दिनमा सरकार बन्छ भन्ने प्रश्नमा प्रचण्डले भने, ‘यस विषयमा म बोल्दिनँ, यसो छाँट हेर्दा त होला जस्तो छैन पो देखिंदै छ त । जसपाले निर्णय गर्दैन, जसपाले निर्णय नगरी कांग्रेस तयार हुँदैन । हामी त अहिले होस् भन्ने चाहन्छौं । हामीले मात्र चाहेर त पुग्दैन ।’
प्रचण्डले माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन नदिएकाले विश्वासको मत फिर्ता पनि लिनु नपर्ने तर्क गरे । ‘उहाँले (ओलीले) विश्वासको मत फिर्ता ले कि, फिर्ता ले भन्नु भएको छ नि, उहाँले भन्दासम्म लिन्नँ म,’ प्रचण्डले भने, ‘हामीले बढीभन्दा बढी गर्ने भनेको अब हाम्रो समर्थन रहेको छैन भनेर लेखेर दिने हो, फिर्ता लिने होइन । समर्थन दिएको भए पो फिर्ता लिने ।’ उनले ओलीसँग सत्ता सहकार्यको लागि राजनीतिक सहमतिको तत्काल सम्भावनासमेत नरहेको बताए ।
नयाँ सरकार गठनका लागि एमसीसीको सम्बन्धमा प्रमुख प्रतिपक्षी कांग्रेससँग कुनै सहमति नगरेको समेत उनले बताए । तर, एमसीसी पास गर्नेगरी कांग्रेसको नेतृत्वमा सरकार बनाउन खोजेको भनी सार्वजनिक खबरका सम्बन्धमा प्रचण्डले त्यस्तो केही पनि नभएको दाबी गरे । उनले भने, ‘एमसीसीमा केही भइसक्यो कि भन्ने जुन चर्चा भएको छ, त्यो होइन ।’
सम्बन्धित खबर
माल्टा पठाईदिन्छु भन्दै ७ लाख बढी रकम ठगी गरेको आरोपमा शाही पक्राउ
त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित २ जना पक्राउ
आजको मौसम पूर्वानुमान
श्रीमानलाई अश्लील फोटो तथा भिडिओ पठाएर चरित्र हत्या गरेको आरोपमा एक पक्राउ
पशुपति क्षेत्रमा आजदेखि मासु तथा मदिरा प्रयोगमा रोक
भरतपुरका घर घरमा स्वास्थ्य सेवा, मेयर दाहालद्वारा कार्यक्रमको उद्घाटन
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका