एसके थकाली । मुस्ताङमा कोरोना भाइरस संक्रमित एक जनाको मृत्यु भएको छ । घरपझोङ गाउँपालिका—४ जोमसोम बस्ने ७२ वर्षीया वृद्धाको बिहीबार राति मृत्यु भएको हो । मुस्ताङमा कोरोनाबाट मृत्यु भएको यो पहिलो घटना हो ।
बिहीबार साँझ उपचारका लागि अस्पतालमा राखिएकोमा राति मृत्यु भएको मुस्ताङ जिल्ला अस्पतालले जनाएको छ ।अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मनोज घिमिरेका अनुसार एन्टिजेन परीक्षण गर्दा ती वृद्धको रिपोर्ट पोजेटिभ आएको थियो ।
प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गर्दै जिल्लामा आज डिसिसिएमसीको बैठक बसेर जिल्लालाई कसरी सुरक्षित बनाउने भन्ने योजना बनाइने बताइन् ।
कोरोनामुक्त रहेको मुस्ताङमा पछिल्लो हप्तायता संक्रमित भेटिन थालेका छन् । मुस्ताङमा अहिले ४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ ।
सरकारले कोरोना परीक्षणका लागि एन्टिजेन प्रविधिलाई मान्यता दिएको छ । प्रदेश स्वास्थ्य निर्देशानालय पोखराले कोरोना लक्षण भएका व्यक्तिलाई एन्टिजेन परीक्षण मार्फत संक्रमित भएरनभएको पत्ता लगाउने अधिकार सुनिश्चित गरेको जोमसोम अस्पतालले जनाएको छ । तर, धेरै हदसम्म कोरोनाको जस्तै लक्षण देखिने तर एन्टिजेन परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएमा त्यस्ता बिरामीको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्न पोखरा पठाउने निर्देशन भएको अस्पतालले जनाएको छ ।
जिल्ला अस्पताल जोमसोमले एन्टिजेन परीक्षण गरिएका व्यक्तिको पीसीआर गर्दा ८० प्रतिशत व्यक्तिको रिपोर्ट सही देखाउने उल्लेख गरेको छ । यो परीक्षण गर्दा बिरामीको रिपोर्ट ३० मिनेटमै नतिजा निकाल्न सक्छ ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?