एसके थकाली । मुस्ताङमा कोरोना भाइरस संक्रमित एक जनाको मृत्यु भएको छ । घरपझोङ गाउँपालिका—४ जोमसोम बस्ने ७२ वर्षीया वृद्धाको बिहीबार राति मृत्यु भएको हो । मुस्ताङमा कोरोनाबाट मृत्यु भएको यो पहिलो घटना हो ।
बिहीबार साँझ उपचारका लागि अस्पतालमा राखिएकोमा राति मृत्यु भएको मुस्ताङ जिल्ला अस्पतालले जनाएको छ ।अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मनोज घिमिरेका अनुसार एन्टिजेन परीक्षण गर्दा ती वृद्धको रिपोर्ट पोजेटिभ आएको थियो ।
प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गर्दै जिल्लामा आज डिसिसिएमसीको बैठक बसेर जिल्लालाई कसरी सुरक्षित बनाउने भन्ने योजना बनाइने बताइन् ।
कोरोनामुक्त रहेको मुस्ताङमा पछिल्लो हप्तायता संक्रमित भेटिन थालेका छन् । मुस्ताङमा अहिले ४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ ।
सरकारले कोरोना परीक्षणका लागि एन्टिजेन प्रविधिलाई मान्यता दिएको छ । प्रदेश स्वास्थ्य निर्देशानालय पोखराले कोरोना लक्षण भएका व्यक्तिलाई एन्टिजेन परीक्षण मार्फत संक्रमित भएरनभएको पत्ता लगाउने अधिकार सुनिश्चित गरेको जोमसोम अस्पतालले जनाएको छ । तर, धेरै हदसम्म कोरोनाको जस्तै लक्षण देखिने तर एन्टिजेन परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएमा त्यस्ता बिरामीको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्न पोखरा पठाउने निर्देशन भएको अस्पतालले जनाएको छ ।
जिल्ला अस्पताल जोमसोमले एन्टिजेन परीक्षण गरिएका व्यक्तिको पीसीआर गर्दा ८० प्रतिशत व्यक्तिको रिपोर्ट सही देखाउने उल्लेख गरेको छ । यो परीक्षण गर्दा बिरामीको रिपोर्ट ३० मिनेटमै नतिजा निकाल्न सक्छ ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर