काठमाण्डौ – मन्त्रिपरिषद् बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनु भएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे बस्नेछ ।
बैठकले के-के विषयमा निर्णय गर्ने भन्नेबारे खुलाइएको छैन । नियमित बैठक भएकाले आजको बैठकमा कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा छलफल केन्द्रीत हुन सक्ने र आवश्यक निर्णय आउन सक्ने एक मन्त्रीले बताएका छन् । यसअघि मन्त्रिपरिषद्को नियमति बैठक सोमवार बस्दै आएको थियो ।
आजको बैठकले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसलाई पारित गर्ने सम्भावना रहेको छ ।
सीसीएमसीले निषेधाज्ञाको समयमा गाडीको चापलाई कम गर्न बैंक तथा वित्तीय संस्थाका एक चौथाई शाखाहरु मात्रै सञ्चालन गर्न सिफारिस गरेको छ । त्यसमा पनि एक चौथाई कर्मचारी राख्नु पर्ने र त्यसको सहजीकरण नेपाल राष्ट्र बैंक गर्नुपर्ने भनिएको छ ।
सीसीएमसीले सरकारी कार्यालयमा पनि एक चौथाई मात्रै कर्मचारी राखेर सञ्चालन गर्न सिफारिस गरेको छ । यस्तै, बैठकले होटेल क्वरेण्टीन नियम पालना नगर्नेलाई कानुनबमोजिम जरिवाना गर्ने तथा होटेल क्वरेण्टीनको व्यवस्थापनमा लापरबाही गर्ने सम्बन्धित होटेल सञ्चालकलाई पनि कारबाही गर्न सिफारिस गरेको छ ।
सम्बन्धित खबर
लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण: उपराष्ट्रपति
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च भाग्न पाउँदैन: महेश बस्नेत
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव