मुख्यमन्त्री शंकर पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा स्वीकृत गरेका हुन् ।
प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जारी गरेको विज्ञप्तिमा मुख्यमन्त्रीको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेको र अर्को सरकार गठन नभएसम्म मौजुदा मन्त्रिपरिषद्लाई आफ्नो कार्यभार सञ्चालन गर्न तोकिएको उल्लेख गरेका छन् ।
राजीनामामा मुख्यमन्त्रीले आफू संविधानको धारा १६८ को २ बमोजिम नियुक्त भएको र धारा १७९, १ को ‘क’ अनुसार नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त गर्न राजीनामा दिएको उल्लेख गरेका विज्ञप्तिमा जनाइएको छ ।
आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल हुने तय भएको केही घण्टा अघि नै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान प्रदेशप्रमुख समक्ष राजीनामा दिएका थिए ।
मुख्यमन्त्री पोखरेलविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । उनीविरुद्धको अविश्वासको प्रस्ताव आज दिउँसो १ बजे प्रदेश सभामा छलफल हुने कार्यसूची थियो ।
राजीनामासँगै पुनः मुख्यमन्त्री बन्ने गृहकार्यमा शंकर पोखरेल
अविश्वासको प्रस्तावको सामना गर्नुपूर्व लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिए । पोखरेलको राजीनामा पुनः मुख्यमन्त्री बन्ने सजिलो बाटो सुनिश्चितको लागि आएको उनी निकटष्ठहरु बताउँछन् ।
पोखरेलले संविधानको धारा १६८ को उपधारा १ अनुसार बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतले पुनः सरकार बनाउन राजीनामा दिएको स्रोतको दावी छ ।
लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टीका चार र माओवादी केन्द्रका दुई सदस्य पदमुक्त भएका छन् । पार्टीले उनीहरुलाई पदमुक्त गराएको हो । पदमुक्त भएपछि अब लुम्बिनी प्रदेशमा ८१ सदस्यीय प्रदेश सभा सदस्य रहेका छन् । जसमा सरकार बनाउनका लागि आवश्यक संख्या ४१ हो । ४१ नेकपा एमाले एक्लैको छ ।तर मतदानमा जाँदा माधव नेपाल समूहबाट फ्लोर क्रस हुने भएकोले उनले सुरक्षित बाटो रोजेका हुन् ।
विपक्षीहरुसँग सभामुखसमेत जोडेर ३९ मत रहेको छ । एमालेका माधवकुमार नेपाल पक्षका दुई सांसद रहेकाले उनीहरुले फ्लोर क्रस गर्न सक्ने भन्दै विपक्षीहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
अब पोखरेलले आफूलाई संविधानको धारा १६८ (१) बमोजिम मुख्यमन्त्रीमा नियुक्ति गर्न दाबी गर्न सक्नेछन् ।
संविधानको उक्त धारामा भनिएको छ– प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद् गठन हुनेछ ।”

यही व्यवस्थाअनुसार पोखरेल फेरि मुख्यमन्त्री बन्न सक्नेछन् ।
सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
संसद विघटनविरुद्ध रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गते साधारण तारेख
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान