लुम्बिनी प्रदेशमा पार्टी विवादका बीच मन्त्री बनेका जनता समाजवादी पार्टी (जसपा)का चारजना नेताको मन्त्री र सांसद दुवै पद गुमेको छ। मुख्यमन्त्री शंकर पोखरेलले आइतबार राजीनामा दिएपछि उनीहरुको मन्त्री पद १० दिनमै गुमेको हो।
वैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएकै दिन जसपाका विजयबहादुर यादव भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, सन्तोषकुमार पाण्डे भौतिक पूर्वाधार विकासमन्त्री, कल्पना पाण्डे शिक्षा तथा सामाजिक विकासमन्त्री र सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त भएका थिए। यादव, पाण्डे र रायमाझीले अविश्वासको प्रस्तावमासमेत हस्ताक्षर गरेका थिए।
चारै जनाको सांसद पद यसअघि नै गुमिसकेको छ। पार्टीको निर्णयअनुसार संसद सचिवालयले सांसद पद खारेज भएको निर्णय गरिसकेको छ। मन्त्री बनेकालाई पार्टी अध्यक्ष उपेन्द्र यादव पक्षले कारबाही गरेको थियो। त्यसैको आधारमा प्रदेश सभाले कारबाहीमा परेका सांसदको नामावली हटाएको छ।
यद्यपी, महन्थ ठाकुरले पार्टीले कारबाही नगरेको भन्दै सचिवलायमा पुनः अर्को पत्र दर्ता गराएको छ । बहुमत हस्ताक्षरसहितको पत्र प्राप्त भएपछि नै सचिवालयले सांसदबाट पदमुक्त भएको जानकारी गराएको थियो । मन्त्री खान गएका चार जनाको १० दिनमै मन्त्रीपदसँगै सांसदबाट पनि बाहिरिनुपरेको छ । सांसदबाट मुक्त भएका चारजना अदालत गुहार्न पुगेका छन्।
सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’