कोरोना संक्रमणको बढ्दो दरसँगै मुलुक मिनी लकडाउनमा छ । संक्रमणको ‘चेन ब्रेक’ गर्न भन्दै काठमाडौंसहित ४१ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । आइतबार दिउँसोसम्म ३१ जिल्लामा मात्रै निषेधाज्ञा थियो ।
४१ मध्ये १० जिल्लामा आंशिक निषेधाज्ञा लागु भएको छ भने ३१ जिल्ला पूर्ण निषेधाज्ञामा छन् । सरकारले पहाडी क्षेत्रमा २०० सक्रिय संक्रमित तथा शहरी क्षेत्रमा ५०० सक्रिय संक्रमित पुगेमा निषाधाज्ञा गर्न सक्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएपछि निषेधाज्ञा लागु गर्ने जिल्लाको संख्या ४१ पुगेको गृह मन्त्रालयले जनाएको छ ।
सोमबार (आज) बिहानसम्म यो संख्या बढेर ४१ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । थोरैमात्रै जिल्लामा निषेधाज्ञाका क्रममा सवारीमा जोर–बिजोर प्रणाली कायम गरिएको छ । निषेधाज्ञाका क्रममा अधिकांश जिल्लामा अत्यावश्यक बाहेकका सेवामा रोक लगाइएको छ । काठमाडौं उपत्यकामा गएको १६ गतेदेखि निषेधाज्ञा छ ।
यी हुन् निषेधाज्ञा कायम भएका जिल्लाहरु:
काठमाडौं, ललितपुर,भक्तपुर, कास्की, बाँके, सुर्खत, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चिवतन, रुपन्देही, बागलुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, मोरङ, गुल्मी, प्युठान, काभ्रेपलाञ्चोक, गोरखा, बाजुरा, उदयपुर, मकवानपुर, बझाङ, कालिकोट, स्याङ्जा, कपिलवस्तु, रामेछाप, नुवाकोट, ताप्लेजुङ, धनुषा, अर्घाखाँची, बैतडी र दैलेख ।
सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु