काठमाडौं । गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख नियुक्त भएका सीता पौडेल र गंगाप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई सपथ खुवाएकी हुन्। आज मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्दै नयाँ नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।
पौडेल प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार हुन् । उनी एमालेको भ्रातृ संगठन अखिल नेपाल महिलासंघकी अध्यक्ष समेत हुन।
त्यस्तै, यादव भने दोस्रो संविधान सभाका उपाध्यक्ष र उपभामुख भएका थिए। उनी राप्रपा नेपालबाट उपसभामुख बनेका थिए । तर, यादव २०७४ सालको प्रतिनिधिसभा चुनावअघि एमालेमा प्रवेश गरेका थिए। यादव समानुपातिक सूचीमा रहेका भए पनि सांसद भने भएका थिएनन् ।
गण्डकी प्रदेशले साढे ३ वर्ष अवधिमा तेस्रो प्रमुख पाएको छ । शेरबहादुर देउवा सरकारले नियुक्त गरेका बाबुराम कुँवरलाई हटाएर नेकपा हुँदा प्रधानमन्त्री ओलीले माओवादीका तर्फबाट अमिक शेरचनलाई नियुक्त गरेका थिए । सत्ताको खेल जारी रहँदा ओलीले अहिले माओवादीका दुई प्रदेश प्रमुख हटाएका हुन् ।

नवनियुक्त गण्डकी प्रदेश प्रमुख सीता पौडेल
सम्बन्धित खबर
कानुनमन्त्री सोबिता गौतमको तथ्यहीन तर्क
बालकोटको भग्नावेशषबाट राधिकाको टिप्पणी- खराने ग्याङको योजना जलाउने थियो
भदौ २४ को मुलुक विध्वंशकारीलाई किन उन्मुक्ति दिइँदैछ ?: केपी ओली
सबै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्छ: उद्योगमन्त्री
गगन थापाको प्रश्न- सिंहदरबार र अदालत जलाउनेलाई कसले जोगाउँदै छ ?
‘गहिरो चोटमा परेको मानिसले भगवानलाई त सराप्छ यो सरकार र रास्वपा के हो ?’- रवि लामिछाने
यो पनि पढौँ
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
याम्दी खोलामा डुबेर स्याङ्जाका २१ वर्षीय रोक्काको मृत्यु
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम