पाख्रिबासको जंगलमा श्रीमान-श्रीमती मृत भेटिए

पाख्रिबासको जंगलमा श्रीमान-श्रीमती मृत भेटिए

Dhankuta dpo

धनकुटाको पाख्रिबास नगरपालिका-७ राम्चेस्थित जंगलमा मंगलबार श्रीमान्-श्रीमती मृत अवस्थामा भेटिएका छन्।

मृत्यु हुनेमा पाख्रिबास ६ तिल्केका २२ वर्षीय सुनिल थापा र उनकी श्रीमती २० वर्षीया सिर्जना गुरागाईं रहेको प्रहरीले जनाएको छ।

युवक झुन्डिएको र युवती भुइँमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका धनकुटाका प्रहरी नायब उपरीक्षक सन्तुलाल जैसवालले जानकारी दिए।

श्रीमान‍ले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds