राष्ट्रपति भण्डारीद्वारा रेल्वे अध्यादेश जारी

राष्ट्रपति भण्डारीद्वारा रेल्वे अध्यादेश जारी

bidya Bhandari

काठमाण्डौ – राष्ट्रपति विद्योदेवी भण्डारीले बुधबार रेल्वे अध्यादेश २०७८ जारी गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम रेल्वे अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले विज्ञप्ति मार्फत जनाएको छ।

उक्त रेलमार्ग सञ्चालनका लागि कानुनी बाटो खोल्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अध्यादेशको मस्यौदा गरेको थियो । केही दिनअघिको मन्त्रिपरिषद बैठकले अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

यसअघि मंगलबार राष्ट्रपतिले संवैधानिक परिषद्लगायतका विभिन्न ७ वटा अध्यादेश जारी गरेकी थिइन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ