गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।
ओली विपक्षी नेता देउवालाई भेट्न आज अपरान्ह देउवा निवास बुढानिलकण्ठ पुगेका थिए ।
छलफलमा प्रधानमन्त्री ओलीले सहकार्य गरी जान देउवासँग सहयोग मागेका थिए । जवाफमा देउवाले सरकारले असंवैधानिक काम गरेकोमा सहयोग गर्न असमर्थ रहेको र पार्टीले समेत निर्णय गरिसकेको अवस्थामा अब विश्वासको मत दिन नसकिने बताएका थिए ।
छलफलमा कांग्रेसबाट देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला, पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, सहमहामन्त्री प्रकाशशरण महतलगायत थिए भने एमालेबाट ओलीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, एमाले नेता सुवास नेम्वाङलगायत थिए ।
सम्बन्धित खबर
प्रधानमन्त्रीले भने– ‘नेपाल चीन सहकार्यका बारेमा भारतीय मिडियाले गरेको टिप्पणी राम्रो भएन’
प्रधानमन्त्री ओली चारदिने चीन भ्रमण पूरा गरी स्वदेश फिर्ता
प्रचण्डलाई ‘गणतन्त्र नायक’ सम्मान
स्थानीय तह उपनिर्वाचन: सबै स्थानको नतिजा सार्वजनिक
कांग्रेसले गुमाएन कीर्तिपुर, मेयरमा डंगोल विजयी
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी श्रेष्ठ विजयी
यो पनि पढौँ
पोखरामा ट्रकको ठक्करबाट सामाजिक अभियन्ता गिभिना मगरकी आमाको मृत्यु
गिभिनालाई मातृ र भातृशोकः आमा गुमेकै रात भाइ पनि रहेनन्
पोखरामा मोटरसाइकल चोरी गरी पाटपुर्जा झिकेर बिक्री गर्ने युवक पक्राउ
दुई युवकमाथि आक्रमण गर्ने लमजुङका सुमित र सुशनसहित ४ पक्राउ