काठमाडौं । नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले डा. खिमलाल देवकोटाको तुलना गृहमन्त्री बादलसँग हुन नसक्ने दावी गरेका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत उनले देवकोटासँग वादलको तुलना हुन नसक्ने कुराको मनन गर्न आग्रह गरेका छन् । उनले नेता माधवकुमार नेपालको तुलना बादलसँग हुन नसके जस्तै बादलसँग देवकोटाको तुलना हुन नसक्ने बताएका हुन् ।
“जसरी माधव कमरेडको तुलना बादल कमरेडसँग हुँदैन भनेर हामी भन्छौं, त्यसरी नै बादल कमरेडको तुलना खिमलाल देवकोटासँग हुनै सक्तैन । मनन गरौं,” उनले भनेका छन् ।
जेठ ६ गते हुने राष्ट्रिय सभा निर्वाचनमा विपक्षी गठबन्धन र एमालेका नेता माधवकुमार नेपाल समूहले देवकोटालाई साझा उमेदवारको रुपमा खडा गरेको छ । एमालेले बादललाई उमेदवार बनाएको छ । उनले माधव समूहप्रति कटाक्ष गर्दै नेताहरुको तुलना हुन नसक्ने बताएका हुन् ।
तर कमेन्ट ‘कोभिडले जनता मरिरहेका छन्, चिन्ता कता मुख्यमन्त्री ज्यू ?’ भन्दै बर्सिरहेका छन् ।
सम्बन्धित खबर
०८४ को निर्वाचन पछि एमालेको एकल सरकार हुनुपर्छः ओली
बालेनले भने – ‘मिसन ८४ ले देश बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ’
रास्वपाको राजनीतिक मार्ग ‘बहुलवादी लोकतान्त्रिक’ हुने
रास्वपामा स्वर्णिम वाग्ले उपसभापति बन्दा अनिलकेशरी शाह केन्द्रीय सदस्य
राजा ल्याउन खोज्ने चेष्टा नगर्न नेकपा एसका अध्यक्ष नेपालको चेतावनी
दुर्गा प्रसाईंको प्रदर्शनमा ९ हजार र युवा संघमा ७ हजारको सहभागिता रहेको सुरक्षा निकायको आंँकलन
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका