नेपालमा शुक्रवार हालसम्मकै सबैभन्दा बढी ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि भयो । मृतकको संख्या पनि पछिल्लो समय ह्वात्तै बढेको छ। तर, नेपालका प्रधानमन्त्री भने विश्वमाझ कोरोना नियन्त्रणमै रहेको बताउँछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा रहेको दावी गरे । भारतमा ओलीले सीएनएनसँगको अन्तर्वार्ताका क्रममा नेपालमा संक्रमणको दर नियन्त्रणमा रहेको प्रतिक्रिया दिएपछि सामाजिक संजालमा उक्त अभिव्यक्तिको विरोध सुरु भएको छ।
दैनिक हजारौंको संख्यामा संक्रमण थपिँदै गर्दा अस्पतालमा बेड र अक्सिजन नपाउँदा संक्रमितहरुको ज्यान गइरहेको भन्दै प्रधानमन्त्रीको दाबी ‘झुटो’ भएको भन्दै संजलमा बहस छेडिएको छ। संजाल प्रयोग कर्ताहरुले प्रधानमन्त्री ओलीले अर्कै कुनै नेपाल भन्ने देशको अवस्थामा नियन्त्रणमा रहेको बताएको हो कि ? भन्दै आलोचना समेत गरिरहेका छन्।
पशुपति क्षेत्रमा नदीको बिचमै मृतकको शव जलाइरहेको तस्विरहरु सार्वजनिक भएपछि नेपालबारे अन्तर्राष्ट्रिय चासो अहिले बढेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रण गर्न तातोपानी, बेसार पानी, अम्बाको पात लगायत विकल्प सुझाएको विषयसमेत अन्तर्राष्ट्रिय मिडियामा चर्चाको विषय बनेको थियो।
सम्बन्धित खबर
सुदनले अन्तिम विकल्प संसद पुनर्स्थापना हुनसक्छ भनेपछि जेनजीहरू त्रसित
प्रतिनिधिसभा पुनर्स्थापना माग्दै कांग्रेस सांसदले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै
एमालेको मतदानमा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने
एमाले महाधिवेशन : मतदान जारी, लामबद्ध प्रतिनिधि
निर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौं : प्रधानमन्त्री
पर्यटनको सम्भावना बोकेको मुस्ताङको ‘झारकोट’ ओझेलमा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?