पोखरा । गण्डकी प्रदेशका ११ जिल्लाका अध्यक्षहरुले पार्टी एकताको अपिल गर्दै विज्ञप्ति निकालेका छन् । पार्टी एक हुनुपर्छ भन्ने मान्यतामा रहेको सन्देश अध्यक्षहरुले प्रवाहित गरे ।
विज्ञप्तिमा ११ जिल्ला अध्यक्षले हस्ताक्षर गरेका छन् । ‘हाम्रो पार्टीभित्र विगत वर्षहरुदेखि आन्तरिक अन्तरविरोधहरु देखापरिहेका छन् । यो अन्तरविरोधले पार्टीलाई क्षति पु¥याइरहेको हामीले महशुस गरेका छौं’, विज्ञप्तिमा भनिएको छ,‘कम्युनिष्ट पार्टीको इतिहास, आदर्श,मूल्य मान्यता र जनताप्रतिको जवाफदेहीतालाई आत्मसात गर्दै हाम्रा आदरणीय नेताहरुलाई एकतावद्ध भई जनताको नेकपा एमाले पार्टीलाई जोगाउन अनुरोध गर्दछौँ ।’
विज्ञप्तिमा कास्की अध्यक्ष कृष्णबहादुर थापा, स्याङ्जाका सूर्यप्रसाद शर्मा (पारस), तनहूँका केदार सिग्देल, लमजुङका धनञ्जय दवाडी, गोरखाका प्रेमबहादुर गुरुङ, पर्वतका पदम गिरी, बागलुङका ईन्द्रलाल सापकोटा, म्याग्दीका हरिकृष्ण श्रेष्ठ,मुस्ताङका चन्द्रमोहन गौचन, मनाङका पाल्देन छोपेन गुरुङ र नवलपुरका रोशन गाहा मगरले हस्ताक्षर गरेका छन् ।
पार्टी एकताको पक्षमा केन्द्रमा छलफल तीव्र बनेकै बेला उनीहरुले आफूहरुलाई पार्टी एकताको पक्षमा उभ्याएका हुन् । हस्ताक्षर गर्नेमध्ये स्याङ्जाका अध्यक्ष पारस एमाले र माओवादी केन्द्रको एकिकरणपछि एमालेमा आएका हुन् । रामबहादुर थापा ‘बादल’ निकट रहेका उनी माओवादी अलग हुँदा पनि एमालेमै रहेका हुन् । बाँकी अध्यक्षहरु एमालेको अधिवेशनबाट चुनिएका हुन् ।
गण्डकी प्रदेश एमालेभित्र अध्यक्ष केपी ओलीको ‘गढ’ मानिन्छ । यहाँका ११ जिल्लामध्ये बागलुङमा मात्र ओली पक्ष केही कमजोर छ । त्यहाँ माधव–झलनाथ पक्षीय ईन्द्रलाल सापकोटा अध्यक्ष छन् । बाँकी जिल्लामा ओली पक्षीय नेताहरु नै नेतृत्वमा छन् ।

सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु