जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महताेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने बताएका छन् । आइतबार बालुवाटारमा पुगेर ठाकुर र महतोले प्रधानमन्त्री ओलीसँग विश्वासको मत दिन नसक्ने जानकारी गराए ।
नेता महतोका अनुसार ओलीले आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए । तर, विश्वासको मतको आश नगर्न आफूहरुले जवाफ दिएको उनले बताए ।
‘तपाईंले हाम्रा माग पूरा पनि गर्नुभएको छैन । पार्टीमा पनि अप्ठ्यारो भएकाले हामी तपाईलाई विश्वासको मत दिँदैनौं भन्यौँ,’ महतोले भने, ‘विश्वासको मत दिँदा पार्टी फुट्छ । पार्टी किन फुटाउनु । केही माग पूरा गरेकाले हामी विपक्षमा पनि जाँदैनौ । तटस्थ बस्छौं भन्यौं ।’
जसपामा ओलीको निरन्तरताको पक्षमा देखिएका ठाकुर र महतोले यतिबेला पार्टी एकता कायम राख्न तटस्थ बस्ने नीति अख्तियार गर्नुपर्ने पक्षमा उभिएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादव ओली सरकारको विपक्षमा उभिएका बेला उनीहरुले बीचको बाटोमा जानुपर्ने बताइरहेका छन् । आज बिहान काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर पनि उनीहरुले विश्वासको मतको पक्षमा विपक्षीमा आफू नउभिने बताएका थिए ।
आइतबार बिहानै कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि ओलीलाई भेटेका थिए । देउवालाई पनि आफूहरु तटस्थ बस्ने जवाफ ठाकुर र महतोले दिएका थिए ।
प्रधानमन्त्री ओलीले सोमबार विश्वासको मत लिदैंछन् । तर, जसपा तटस्थ बस्ने भएपछि ओलीले विश्वासको मत नपाउने निश्चितजस्तै भएको छ ।
सम्बन्धित खबर
कोशीका मुख्यमन्त्री कार्कीलाई भेट्दा मोबाइल बोक्न नपाइने
काङ्ग्रेस महामन्त्री गगन थापा स्याङ्जा आउँदै
रविन्द्र मिश्रलाई थप पाँच दिन हिरासत राख्न अनुमति
बेलायत पलायन भइसकेपछि लुम्बिनीकी सांसद गीताले उतैबाट राजीनामा पठाएको खुलासा
बुद्धका प्रेरणादायी सत्य वचनहरूको महत्व आजको विश्व परिवेशमा झनै बढेको छः प्रदेश प्रमुख भट्ट
राजावादीलाई प्रधानमन्त्रीको जवाफ: कुनै जेठ १५ मा पनि तपाईंहरुको सपना पूरा हुन्न
यो पनि पढौँ
पत्रकार महासंघका पूर्व सदस्य बास्तोलाको निधन
अपडेटः लामेआहालमा भएको दुर्घटनामा मृतकको सनाखत, तीनै जना धादिङका
धादिङबाट पोखरा आउँदै गरेको ईभी माइक्रो लामेआहालमा दुर्घटना हुँदा ३ जनाको मृत्यु
विद्यार्थीमाथि जातीय विभेद गर्ने उपप्राध्यापक डा. देवीलाल शर्मालाई कारबाही