नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई बोलाएर नयाँ सत्तासमीकरणबारे छलफल गरेका छन् । देउवाले ठाकुर र महतोलाई आइतबार बिहान बूढानीलकण्ठस्थित निवासमै बोलाएर छलफल गरेका हुन् ।
जसपानिकट स्रोतका अनुसार देउवाले ठाकुर र महतोलाई केपी शर्मा ओलीको सरकार ढालेर आफ्नो नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्न आग्रह गरेका छन् । तर ठाकुर र महतोले अझै स्पष्ट जवाफ नदिएको उनी निकट स्रोतले बतायो । यद्यपि पछिल्ला दिन नयाँ सत्ता समीकरणमा एमालेको माधवकुमार नेपाल पक्ष निर्णायक बनेको छ । नेपाल पक्षका सांसदले राजीनामा दिने निर्णय गरे भने ओली नेतृत्वको सरकार ढल्न सक्ने सम्भावना रहन्छ । ओलीलाई विश्वासको मत नदिएर उनको सरकार ढालेपछि कांग्रेसको नेतृत्वमा सरकार बनाउने र त्यसलाई माओवादी केन्द्र साथै जसपाले समर्थन गर्ने गरी विपक्षी गठबन्धनले तयारी गरेको छ ।
तर, जसपामा ठाकुर र महतो अझै ओली नेतृत्वको सरकारकै पक्षमा छन् भने बाबुराम भट्टराई र उपेन्द्र यादव नयाँ गठबन्धनको पक्षमा छन् । आफ्नो नेतृत्वमा सरकार बनाउन सिंगो जसपाको समर्थन देउवाले चाहेका छन् ।
त्यसकै लागि ‘कन्भिन्स’ गर्न देउवाले ठाकुर र महतोलाई बोलाएर छलफल गरेको जसपाका एक नेताले जानकारी दिए । ‘पहिला तालाचाबी जसपाको हातमा थियो । आफ्नो हातमा हुँदा लक गरिराख्यो । तर यसपटकको गेम चेन्जर वास्तवमा माधव नेपाल पक्ष हो,’ जसपाको भट्टराई–यादव पक्षका एक नेताले भने, ‘तैपनि उहाँहरू पहिलाका दोस्ती । त्यसले गर्दा शेरबहादुरजीले ठाकुरजीलाई कन्भिन्स गर्नुहुन्छ होला ।’
प्रधानमन्त्री ओलीले विश्वासको मत लिने निर्णय गरेसँगै सोमबार प्रतिनिधिसभाको बैठक बस्दै छ ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु