प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबार एक प्रेस वक्तव्य जारी गर्दै पार्टीलाई पछारी छाड्ने हानीकारक प्रयास भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले मजबुत पार्टी बनाउने महाअभियानमा सरिक हुन आह्वानसमेत गरेका छन् । कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ,अहंकार,असन्तुष्टि र इश्र्या रहेको भन्दै पार्टीलाई उनीहरुको स्वार्थपूर्तिको माध्यम र त्यसको शिकार बनाउन नहुने विज्ञप्तिमा भनिएको छ ।
आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरुका स्वार्थलाई मलजल गर्न कतै फ्लोसक्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी/ गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पार्न खोज्ने व्यक्तिलाई इतिहासले माफ नगर्ने बताएका छन् । संसदमा अविस्वास प्रस्ताव फेस गर्नु अघिल्लो दिन ओलीले पार्टीमा ह्वीप जारी गर्दै यस्तो बताएका हुन् ।
सरकारलाई ढालिछाड्ने र विरोधीहरुको दिग्विजय गराएर उत्सव मनाउनेजस्ता घातक र दुःखद् प्रवृत्तिहरु देखा परेको उनको तर्क छ ।
ओलीले आफु र आफ्नो गुटले गरेका कृयाकलापको बचाउ गर्दै कार्यकर्तालाई एक हुन आव्हान गरेका छन् । तर, उनले आफ्नो गलत प्रवृतिको भने कतै कहिँ उल्लेख गरेका छैनन् अर्थात आफूले कुनै कमजोरी स्वीकारेका छैनन् ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेको ह्वीप
नेकपा एमालेले प्रतिनिधिसभामा भोलि हुने मतदानमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने प्रस्तावको पक्षमा मत दिन सांसदहरूलाई ह्वीप जारी गरेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आइतबार यस्तो ह्वीप जारी गरेका हुन् ।
उनले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८ र नेकपा एमाले संसदीय दलको विधान,२०७७ को धारा २४ बमोजिम ह्वीप जारी गरेको जनाएका छन् । कोभिडका कारण संसदीय दलको बैठक बस्न नसकेपनि प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीको निर्देशन अनुसार ह्वीप जारी गरिएको भट्टराईले जनाएका छन् । बैशाख २७ गते सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले विश्वासको मत लिदैछन् ।
सम्बन्धित खबर
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र चालक फरार
दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने
लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण: उपराष्ट्रपति
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च भाग्न पाउँदैन: महेश बस्नेत
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो