काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका २८ सांसद सोमबारको प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन बोलाएको बैठकमा एमालेकै २८ सांसद अनुपस्थित भएका हुन् ।
एमालेका बाँकी ९३ सांसदले भने प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएनन् । विश्वासको मत नपाएपछि प्रधानमन्त्री ओली पदमुक्त भएका छन् ।
माधव नेपाल पक्षका आठ जना सांसद बैठकमा उपस्थित भए । संसदमा उपस्थित हुनेहरूमा राजबहादुर बुढा, ध्रुव शाही, गंगा चौधरी, समिना हुसेन, पार्वती विसुंखे, हिराचन्द्र केसी र बिना बुढाथोकी मगर छन् । आठ मध्ये बुढा, शाही र केसी प्रत्यक्ष निर्वाचित सांसद हुन् । सांसद कलिला खातुन भने केही समय बैठक स्थलमा गएर फर्किएकी थिइन् ।
एमालेका भोट नहाल्ने सांसदहरुः
झलनाथ खनाल
माधवकुमार नेपाल
भीम रावल
घनश्याम भुसाल
सुरेन्द्र पाण्डे
गोकर्ण विष्ट
योगेश भट्टराई
मुकुन्द न्यौपाने
सोमप्रसाद पाण्डे
जीवनराम श्रेष्ठ
रामकुमारी झाँक्री
गणेश पहाडी
जयकुमार राई
यज्ञराज सुनुवार
नारायण खतिवडा
पवित्रा निरौला खरेल
भवानी खापुङ
दिपकप्रकाश भट्ट
विरोध खतिवडा
पुष्पाकुमारी कर्ण
झपट रावल
मेटमणि चौधरी
सरला यादव
कृष्णलाल महर्जन
कल्याणी खड्का
निरादेवी जैरु
कलिला खान
लक्ष्मीकुमारी चौधरी
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु