राष्ट्रपति विद्यादेवी भण्डारीले आज पदमुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अर्को सरकार गठन नभएसम्म कार्य सञ्चालन गर्ने जिम्मेवारी तोकेकी छन्।
आफ्नो सरकारलाई संसदको विश्वास छ भन्ने प्रधानमन्त्री ओलीको प्रस्तावमाथि प्रतिनिधि सभा बैठकमा आज सोमबार मतदान हुँदा सो प्रस्ताव बहुमतले अस्वीकृत भएपछि ओली पदमुक्त भएका हुन्।
‘नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम मिति २०७४–११–३ गते नियुक्त सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम मिति २०७८–१–२७ मा प्रतिनिधि सभामा विश्वासको मतको लागि राख्नु भएको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम पारित हुन नसकेको भन्ने समेतको व्यहोरा संघीय संसद, प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूको मिति २०७८–१–२७ को पत्र प्राप्त हुन आएकोले अर्को मन्त्रिपरिषद् गठन नभएसम्म नेपालको संविधानको धारा ७७ को उपधारा (३) बमोजिम यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी तोक्नु भएको छ,’ राष्ट्रपति कार्यालयद्वारा सोमबार बेलुका जारी विज्ञप्तिमा भनिएको छ।
सोमबार बेलुका नै राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि दलहरुलाई आह्वान गरेकी छन्।

सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ