राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गरेकी छन् । सोमबार प्रतिनिधि सभाबाट प्रधानमन्त्री केपी ओली विश्वासको मत पाउन नसकेर पदमुक्त भएलगत्तै राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद सदस्यलाई तीन दिनभित्र दाबी पेश गर्न आहृवान गरेकी हुन् ।

यसअघि, सोमबार अपराह्न संसदमा भएको मतदानमा विश्वासको मत लिने प्रधानमन्त्रीको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । प्रतिनिधि सभाको विश्वास नपाएसँगै प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका छन् ।
ओली पदमुक्त भएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया शुरु गर्न राष्ट्रपतिलाई आग्रह गरेका थिए ।
नयाँ सरकार गठनको पक्षमा उभिएका तीन दलसँग कांग्रेस ६१, माओवादी केन्द्र ४९ तथा जसपाको डा. बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षका १६ सांसद देखिएका छन् ।
प्रतिनिधिसभामा कायम रहेको २७१ सदस्यमा बहुमतका लागि १३६ जना सांसदको समर्थन चाहिन्छ । जसपाको पूर्व राजपा खेमाले समर्थन नगरे यो समूहलाई बहुमत पुग्दैन ।
सरकार बनाउन चाहने पक्षले यही वैशाख ३० गते विहीबार साँझ ९ बजेसम्ममा सरकार बनाउने दावी पेश गर्नुपर्नेछ ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु