काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीसीआर परीक्षण कार्य स्थगित गरिएको छ ।पीसीआर कीट सकिएपछि परीक्षण कार्य स्थगित गरेको र अर्को सूचना जारी नभएसम्म परीक्षण नहुने अस्पतालले जनाएको छ । अस्पतालमा अन्तिमपटक शनिबार पीसीआर परीक्षण गरिएको थियो ।
तर परीक्षणका लागि चाहिने रिएजेन्ट किट सकिएकाले परीक्षण रोकिएको अस्पताल स्रोतले जानकारी दिएको छ । सो किटको व्यवस्था कति दिनमा हुन्छ भन्ने यकिन गर्न नसकिएको अस्पताल स्रोतको भनाई छ । पीसीआर परीक्षण स्थगित गरिँदा पर्न जाने असुविधाप्रति अस्पतालले क्षमा मागेको छ।

नेपाल मेडिकल कलेजले भन्यो, ‘अक्सिजन छैन, बिरामी लैजानुहोस्’
नेपाल मेडिकल कलेजले अक्सिजन अभाव भएको कारण कोरोना संक्रमितको उपचार गर्न नसक्ने घोषणा गरेको छ ।
अस्पतालद्वारा जारी सूचनामा आफ्नो बिरामीको जिम्मा आफै लिन समेत आग्रह गरिएको छ । अक्सिजनको अभाव हुँदा उपचाररत संक्रमितहरुलाई थप उपचार गर्न नसकिने जानकारी दिँदै बिरामीका आफन्तलाई आफ्नो व्यवस्था आफै गर्न भनेको छ ।

मेडिसिटीले भन्यो, ‘कोरोनाका जटिल नयाँ बिरामी भर्ना लिन सक्दैनौँ’
नेपाल मेडिसिटी अस्पतालमा कोभिड–१९ र बिरामीको सुरक्षित उपचारमा अक्सिजनको अभाव भएको जनाएको छ । नयाँ भर्ना लिन असमर्थ रहेको अस्पतालले विज्ञप्ति मार्फत जनाएको छ ।

सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु