लेखनाथ । पोखरा महानगरपालिकाले साविकको लेखनाथ नगरपालिकाको भवनमा एक सय बेडको कोरोना युनिट निर्माण शुरु गरेको छ । महानगर अन्तर्गतको शिशुवा अस्पताल मातहत रहने गरी उक्त भवनमा एकसय बेडको कोरोना आइसोलेसन वार्ड निर्माण गर्न लागेको हो ।
आइसोलेसन वार्ड बनाउन महानगरले अक्सिजनको व्यवस्थापन र पाइपलाइनका लागि २५ लाख रुपैयामा बोलपत्र आब्हान गरेको छ । भवन बाहिरका केही संरचना परिवर्तन गर्न ८ लाख ५० हजार रुपैयाको अर्को बोलपत्र प्रकाशित गरेको छ । साविक लेखनाथ नगरपालिकाको भवनमा महानगरकै २७ नम्बर वडा कार्यालय बस्दै आएको छ । वडा कार्यालयलाई अन्यत्र सारेर महानगरले जेठको दोश्रो हप्ताभित्र संचालन गर्ने गरी निर्माण कार्यलाई अघि बढाएको हो ।
एकसय बेड राख्न मिल्ने खालको भवन भएकाले महानगरले तत्काल काम शुरु गरेको स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिए । उनले अहिले शिशुवा अस्पताल मातहत रहने गरी कोभिड युनिट संचालन गर्ने र महामारी सकिएपछि अस्पतालकै रुपमा विकास गर्ने गरी कार्य अघि वढाइएको पनि बताए ।
कोभिड युनिटमा चिकित्सकको नेतृत्वमा स्वास्थ्यको टिम खडा गरी संक्रमितको उपचारलाई सहज बनाईने शर्माले बताए । नयाँ संरचना खडा गरेर अघि बढ्न छोटो समय भएकाले उक्त भवनलाई प्रयोगमा ल्याईएको उनले बताए ।
साविक लेखनाथ नगरपालिकाको ३६ रोपनी क्षेत्रफलको उक्त जग्गामा महानगरले यसअघि महानगर अस्पताल र विशिष्टीकृत बाल अस्पताल बनाउने गरी निर्णय गरेको छ । कोरोना आइसोलेसन युनिट बन्ने भएपछि वडा कार्यालयले पायक पर्ने ठाँउमा भाडामा घर खोजेको छ ।
महामारीका बेला आइसोलेसन पनि चाहिएको छ, बनीबनाउ वडा कार्यालय छोडेर भाडामा घर खोज्दै हिड्नु परेको छ, वडा नं. २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ्गले भने–’अव कार्यकाल सकिन १ बर्ष बाँकी छ, सारै अप्ठ्यारोमा परियो ।’
गुरुङ्गले महामारीमा जनता बचाउनु ठुलो कुरा भएको उल्लेख गर्दै, उक्त भवनलाई महामारी पछि महानगर अस्पतालकै रुपमा विकास गर्नु पर्नेमा जोड दिए । हामी त छाडौला तर पछि महानगरले यहाँको जनताको चाहना अनुसार गुणस्तरिय स्वास्थ्य सेवा दिने गरी योजना बनाउनु पर्नेमा गुरुङ्गले जोड दिए ।
यता, कोभिड युनिटलाई स्वास्थ्य सामाग्री सहयोग गर्ने गरी लायन्स क्लव अफ इन्टरनेशनल ३२५ वि १ ले आर्थिक संकलन अभियान अघि बढाएको छ । गण्डकी क्षेत्रका क्लवहरुलाई अभियानमा सहयोग गर्न आब्हान समेत गरेको छ । क्लबले कोभिड कियर बेड र अक्सिजन हाइ फ्लो मेशिन एवं ५० बेड निर्माणका लागि अभियान चलाएको बताएको छ । अभियानमा क्लवका सदस्यहरुले रकम समेत जम्मा शुरु गरेका छन् ।
समाचारः माधव बराल
सम्बन्धित खबर
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?