ओलीलाई पदमुक्त गर्न हामीले सांसद पदबाट राजीनामा दिनुपर्छ: भीम रावल

ओलीलाई पदमुक्त गर्न हामीले सांसद पदबाट राजीनामा दिनुपर्छ: भीम रावल

नेकपा एमालेका नेता भीम रावलले राजीनामा दिएर जानुपर्ने बताएका छन्। असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिने उल्लेख गरेका उनले राजीनामा दिने संकेत गरेका छन्।

अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विधानविपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट रोक्न पदमुक्त गर्नुपर्ने आवश्यकता रहेको पनि उनले उल्लेख गरेका छन्।

‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ। थप राष्ट्रिय हित, पार्टी विधानविपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रधानमन्त्री केपी ओलीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ,’ बुधबार ट्वीट गर्दै उनले भनेका छन्, ‘त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ। यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ।’

रावलसहित नेता माधव नेपाल पक्षका २८ सांसदले गत सोमबार प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिएका थिएनन्। उनीहरू उक्त दिन प्रतिनिधि सभामै अनुपस्थित रहेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ