काठमाडौं । नेकपा एमालेका नेता माधव कुमार नेपालले तत्कालका लागि आफूपक्षका सांसदहरुको राजीनामा टरेको बताएका छन् । बिहीबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ता पछि बाहिर निस्कँदै सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेपालले हालका लागि राजीनामा विषय टरेको बताएका हुन् ।
उनले राजीनामा दुई-चार दिनका लागि टरेको र कार्यदल बन्ने जानकारी गराएका हुन् । नेपालले भने, ‘हामीबीचको वार्ता मिल्ने दिशातर्फ गएको छ। हामी अहिलेसम्मका विवादलाई सहमतिमा आधारमा टुंग्याउछौँ’, नेपालले भने, ‘पार्टीभित्रका विवाद अब कार्यदल बनाएर मिलाउँदै जान्छौँ। हामी आजको वार्तापछि मिल्ने दिशातर्फ गएका छौँ। अहिलेलाई आज दिने भनिएको राजीनामा दुई चार दिनलाई टरेको छ।’
भेटवार्ता सकरात्मक भएको नेपालको भनाई छ । छलफलमा जेठ २ मा फर्कने, फागुन २८ को निर्णय फिर्ताका बारेमा पनि छलफल भएको उनले बताए । बिहीबार दिउँसोबाट अध्यक्ष ओली र नेता नेपाल व्यवसायी क्याप्टेन रामेश्वर थापाको बुढानिलकण्डस्थित निवासमा भेटवार्ता गरेका थिए । यो भेटवार्तापछि एमालेमा एकताको सम्भावना सुदृढ भएको देखिएको छ ।
जेठ २ मा फर्किन ओली तयार, गृहकार्यका लागि कार्यदल बन्ने
ओली २०७५ जेठ २ मा फर्किन तयार भएका छन्। छलफलमा ओली ७५, जेठ २ मा फर्कन तयार भएको र आफूले राखेको प्रस्तावमा सकारात्मक देखिएको वरिष्ठ नेता माधव कुमार नेपालले आफू निकट नेताहरूलाई ब्रिफिङ गरेका छन्।
अब दुई पक्षका बिचमा कार्यदल बन्नेछ। कार्यदलले कसरी पार्टीभित्रको विवाद अन्त्य गर्ने भनेर निर्णय गर्नेछ। नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ गतेको संरचनामा लैजानुपर्ने अडान राख्दै आएको छ।
उनीहरूले त्यतीबेलैको पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो अनि केन्द्रीय कमिटी हुनुपर्ने माग राखेका छन्। जिल्ला कमिटीहरू र जनवर्गीय संगठनसमेत नवौं महाधिवेशन अनुसारकै हुनुपर्ने अडान नेपाल पक्षको छ। तर प्रधानमन्त्री केपी ओलीले भने नेपाल पक्षलाई सहभागि नगराई सबै कमिटी भंग गरेर महाधिवेशन आयोजक कमिटी बनाएका छन्।
नेपाल पक्षले सहमतिका लागि ओली तयार नभए आज सांसद पदबाट राजीनामा दिने चेतावनी ओलीलाई दिएका थिए। वरिष्ठ नेता नेपालले वैशाख २६ गते मध्यरातमा ओलीलाई लेखेको ६ बुँदे प्रस्ताव सहितको पत्रसमेत बुझाएका छन्। नेपाल आफैंले पत्र पढेर हस्ताक्षर गरेर सो पत्र बुझाएका थिए।
ओलीलाई नेपालले ढाँटको निम्ति खाइ पत्याउनु जस्तो नहोस् भनेर समेत सचेत गराएका थिए।
सम्बन्धित खबर
पत्रकार पक्राउ प्रकरणमा दोषीलाई कारबाही गर्न रास्वपाद्वारा सरकारलाई निर्देशन
बालेनलाई तनुजाको कटाक्षः देशलाई नै लुडो बनाइसक्नुभयो, अब यसको श्रेय पनि आफैँ लिनुहोस्
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु
एमालेको एक्शनः ३० लाख ‘घुस डिल’को आरोप लागेका पूर्व स्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही गर्न सिफारिस
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते