काठमाडौंँ । पदमुक्त भएको तीन दिनपछि नै एमाले अध्यक्ष केपी शर्मा ओली फेरि प्रधानमन्त्री नियुक्त भएका छन् । विहीबार राति राष्ट्रपतिले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । सपथ ग्रहण भने भोलि (शुक्रबार) दिउँसो साढे २ बजे हुने शीतलनिवासले जनाएको छ ।
सबै मन्त्री पदमुक्त
संघीय सरकारका सबै मन्त्री पदमुक्त भएका छन् । ओलीलाई प्रधानमन्त्री नियुक्त गरेसँगै काम चलाउ सरकारका सबै मन्त्री पदमुक्त भएका हुन् ।
ओली तीन दिनअघि प्रतिनिधिसभामा विश्वासको मत हासिल गर्न नसक्दा पदमुक्त भएका थिए । त्यसयता उनकै नेतृत्वमा काम चलाउ सरकार रहे पनि बिहीबार राष्ट्रपतिले पुनः नियुक्त गरेपछि उनले तेस्रो पटक प्रधानमन्त्रीको कार्यभार सम्हालेका हुन् । तर, उनको नेतृत्वमा रहेको सरकारमा कसैलाई मन्त्री नियुक्त गरिएको छैन ।
सांसद नभएका पूर्वमाओवादी नेताहरू अब मन्त्री बन्न पाउँछन् कि पाउँदैनन्?
एमाले प्रवेश गरेका पूर्वमाओवादीका सात जना नेताहरू सरकारमा सहभागी थिए । ती सातै जना नेताहरू सांसद छैनन्। खानेपानी तथा सरसफाइ मन्त्री मणि थापा र खेलकुद मन्त्री दावा तामाङ पुस १० गते मन्त्री बनेका हुन्। उनीहरू सुरूदेखि नै सांसद थिएनन्।
सहरी विकास मन्त्री प्रभु साह, उद्योगमन्त्री लेखराज भट्ट, श्रम मन्त्री गौरीशकंकर चौधरी र ऊर्जा मन्त्री टोपबहादुर रायमाझी एमाले प्रवेश गरेसँगै उनीहरूको सांसद पद गएको छ।
चैत २७ गते उनीहरूले फेरि सपथ लिएका थिए। राष्ट्रिय सभाका सांसद रहेका गृहमन्त्री थापा पनि एमाले बनेसँगै सांसद छैनन्। उनले पुनः वैशाख ५ गते सपथ लिएका थिए। संविधान अनुसार सांसद नभएको व्यक्ति ६ महिनासम्म मात्रै मन्त्री बन्न पाउँछ। ६ महिनामा दोहोर्याएर मन्त्री हुन पाउने कि नपाउने भन्नेबारेमा भने संविधानमा उल्लेख छैन। संविधानमा प्रष्ट नलेखिएकाले कस्तो अभ्यास गरिन्छ त्यो हेर्न बाँकी छ । यो नैतिकताको प्रश्न पनि हो ।
जसपालाई सरकारमा निम्तो
ओलीले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोलाई सरकारमा सहभागी हुन निम्तो दिएका छन् । अध्यक्ष ठाकुरले यसबारे पार्टीमा छलफल गरेर निर्णय लिने बताएका छन् ।
बिहीबार साँझ बालुवाटारमा ओलीसँग छलफल गरेर फर्केपछि जसपा अध्यक्ष ठाकुरले आफू निकट नेताहरुसँग सरकारमा जानेबारे छलफल गरेको एक नेताले बताए ।
जसपाबाट कसको नेतृत्वमा सरकारमा जाने भन्ने टुंगो लागेको छैन । स्रोतका अनुसार वरिष्ठ नेता राजेन्द्र महतोले पनि सरकारमा जाने रुची देखाएका छन् । यद्यपि अहिलेसम्म महतोले सत्ता आफ्नो प्राथमिकतामा नरहेको बताउँदै आएका छन् । महन्थले पनि जसपा सत्ताको खेलमा नलाग्ने बताउँदै आएका छन् ।
सम्बन्धित खबर
बाढीपीडितका लागि कर्मचारीको तलबबाट ३६ करोड योगदान गरिने, बिदामा पनि काम गर्नुपर्ने
प्रधानमन्त्री र भौतिकमन्त्री बाढी प्रभावित क्षेत्र नुवाकोट पुगे
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सभामुखको रूलिङ विपरित प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद बैठकमा जाने
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो