माधव नेपालले साथ नदिँदा योजना पूरा नभएपछि दंग परेका प्रचण्ड र माधव नेपालबीच आज भेट भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच संघीय संसद भवन नयाँ वानेश्वरमा कोरोना भाइरसविरुद्धको दोस्रो डोज खोप लगाएपछि आराम गर्ने क्रममा भेट भएको हो ।
संघीय संसदको ल्होत्से हलमा खोप लगाएपछि आराम गर्ने क्रममा नेताहरु पचण्ड, नेपाल , भीम रावल विरोध खतिवडा एकै कोठामा बसेका थिए । त्यसमा क्रममा नेताहरुबीच कुराकानी भए पनि के कुराकानी भयो भन्ने खुलेको छैन ।
प्रचण्डले बहुमतको सरकार गठनका लागि एमालेको माधवकुमार नेपाल पक्षले धोका दिएको भन्न नमिल्ने बताए । सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै अहिले नै धोका दिएको भन्न हतार हुने प्रतिक्रिया दिए ।दाहालले अबको राजनीतिक कोर्स चुनौतीपूर्ण र सम्भावनायुक्त दुवै रहेको प्रतिक्रिया दिए ।
‘माधव जीसँग अहिले भर्खर पनि कुरा गर्दैछौं । उहाँहरूभित्र केही समस्या पक्कै पनि भए होलान् । उहाँहरू आफैं पनि संविधान र लोकतन्त्रको पक्षमा संघर्षमै भएको हुनाले अहिले नै धोका दिनुभयो भन्नु बढी हुन्छ’, प्रचण्डले भने, ‘म आशा गर्छु सत्यको पक्षमा, लोकतन्त्रको पक्षमा र संविधानको पक्षमा उहाँहरू संघर्ष अगाडि बढाउनुहुन्छ र हाम्रो एक ठाउँमा फेरि पनि भेट हुन्छ ।’
पत्रकारको थप जिज्ञासामा उनले संविधानको ७६ (५) मा पनि भेट हुनसक्ने जवाफ दिए । संविधानको सो धारामा प्रधानमन्त्रीले ७६ (४) अनुसार विश्वासको मत प्राप्त गर्न नसकेमा बहुमत पुर्याउँछु भन्ने कुनै सदस्यलाई राष्ट्रपतिले ५ अनुसार प्रधानमन्त्री नियुक्ति गर्ने व्यवस्था छ । जहाँ सांसदहरूलाई दलको ह्वीप लाग्दैन ।
प्रचण्डले संविधान र लोकतन्त्र कमजोर पार्ने प्रवृत्तिसँग संघर्ष जारी रहेको बताएका छन् । प्रतिपक्षको हैसियतमा सरकारको गलत कामबारे खबरदारी गरिरहने उनले बताए । चुनावको सन्दर्भमा उनले संवैधानिक ढंगले हुने कुनै पनि निर्वाचनको लागि पार्टी तयार रहने बताए ।
एमालेको माधव नेपाल पक्षले आफूहरु राजीनामा दिएर बहुमतको सरकार बनाउन सहज बनाइदिने आश्वासन दिएको कांग्रेस र माओवादीका कतिपय नेताले बताएका छन् । तर अन्तिम समयमा राजीनामा नदिएपछि बहुमतको सरकार बन्ने सम्भावना टरेको थियो । बहुमतको सरकार बनाउन नसकेपछि ठूलो दलको संसदीय दलको नेताको हैसियतमा पुन ओली नै प्रधानमन्त्री नियुक्त भएका छन् ।
सम्बन्धित खबर
प्रधानमन्त्री बालेनको राजीनामा माग, संसद्मा आक्रामक बने प्रतिपक्षी दल
मन्त्रालय घटाउने सरकारको निर्णय, कुन मन्त्रालय कहाँ गाभिए?
‘प्रधानमन्त्रीले सदन छल्नु अन्तर्राष्ट्रिय अभ्यासविपरीत’
रास्वपाको महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा गर्ने निर्णय
सीमा बचाउन नसक्ने सरकारले सेनाको दुरुपयोग गरेर गरीव जनतामा आतंक मच्चायो: हर्क साम्पाङ
संसद् बैठकमा प्रधानमन्त्री अनुपस्थित
यो पनि पढौँ
प्रतिभाका पाँच विद्यार्थीले ल्याए उच्चतम् ४ जीपीए
शान्ति निकेतनका तीन विद्यार्थीको ४ जीपीए
मन्त्रालय घटाउने सरकारको निर्णय, कुन मन्त्रालय कहाँ गाभिए?
राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षीको गृहकार्य