गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई सपथ ग्रहण गराउँदा केही रोचक दृश्य देखियो । सपथ सुरू गरेपछि प्रधानमन्त्री ओलीले राष्ट्रपछिलाई ‘त्यो पर्दैन’ भनेर टारेका छन्।
‘म केपी शर्मा ओली, मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भनेर राष्ट्रपति भण्डारीले सपथ गराउँदै गर्दा ओलीले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्यांश दोहोर्याउन छुटाएका थिए।
राष्ट्रपतिले पुनः वाक्य दोहोर्याउँदा ओलीले ‘यो पर्दैन’ भन्दै अगाडि बढेका थिए। सो क्रममा राष्ट्रपति हाँसेकी थिइन्। सरकार प्रमुखले खाने सपथ ग्रहणको भाषामा नै देखिएको यस्तो असहमतिको दृश्य अस्वाभाविक जस्तो लाग्थ्यो ।
प्रधानमन्त्री ओलीले शुक्रबार देश र जनताका नाममा सपथ लिएका हुन्। उनले ईश्वरको नाम लिएनन् । त्यसपछि राष्ट्रपतिले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई सपथ गराइन् । त्यसपछि मन्त्रीहरुलाई गराईन् । अन्तिममा प्रधानमन्त्रीले राज्यमन्त्रीहरुलाई गराएका थिए । राज्यमन्त्री विमला बिक भने अनुपस्थित रहिन् । अन्य मन्त्रीहरु पनि सबै पुरानै अनुहार भएकाले सपथमा खासै उत्साह देखिएन ।
कसैले पनि ईश्वर शब्द उच्चारण गरेनन् । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतको उपस्थिति थियो ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु