राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई सपथ ग्रहण गराउँदा केही रोचक दृश्य देखियो । सपथ सुरू गरेपछि प्रधानमन्त्री ओलीले राष्ट्रपछिलाई ‘त्यो पर्दैन’ भनेर टारेका छन्।
‘म केपी शर्मा ओली, मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भनेर राष्ट्रपति भण्डारीले सपथ गराउँदै गर्दा ओलीले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्यांश दोहोर्याउन छुटाएका थिए।
राष्ट्रपतिले पुनः वाक्य दोहोर्याउँदा ओलीले ‘यो पर्दैन’ भन्दै अगाडि बढेका थिए। सो क्रममा राष्ट्रपति हाँसेकी थिइन्। सरकार प्रमुखले खाने सपथ ग्रहणको भाषामा नै देखिएको यस्तो असहमतिको दृश्य अस्वाभाविक जस्तो लाग्थ्यो ।
प्रधानमन्त्री ओलीले शुक्रबार देश र जनताका नाममा सपथ लिएका हुन्। उनले ईश्वरको नाम लिएनन् । त्यसपछि राष्ट्रपतिले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई सपथ गराइन् । त्यसपछि मन्त्रीहरुलाई गराईन् । अन्तिममा प्रधानमन्त्रीले राज्यमन्त्रीहरुलाई गराएका थिए । राज्यमन्त्री विमला बिक भने अनुपस्थित रहिन् । अन्य मन्त्रीहरु पनि सबै पुरानै अनुहार भएकाले सपथमा खासै उत्साह देखिएन ।
कसैले पनि ईश्वर शब्द उच्चारण गरेनन् । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतको उपस्थिति थियो ।
सम्बन्धित खबर
सहकारी ठगी प्रकणमा जिवी-छविले भन्दा बढी अपराध रवि लामिछानेले गरेको आरोप
रास्वपालाई मुकुल ढकालको अर्को निवेदन- साधारण सदस्यबाट नहटाइयोस्
सरकारको राहत कोषमा ५० लाख दिने एमालेको निर्णय
‘एउटा घटनालाई लिएर सरकारले केही गरेन भन्नु न्यायोचित हुँदैन’ – गृहमन्त्री लेखक
प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै, आजै मन्त्रिपरिषद्को बैठक बस्ने
गण्डकी सरकार: काँग्रेस-एमालेको साझा संकल्प र नीतिगत प्रतिवद्धता सार्वजनिक
यो पनि पढौँ
पोखराका यी ठाउँमा आज र भोलि दिउँसो बिजुली नआउने
पोखरा बुद्धचोकको द स्केट पार्क आगो लाग्दा पूर्ण नष्ट, लाखौँ क्षति
‘हनी ट्रयाप’मा पारेर ज्यान लिने मनिषा, बागलुङका प्रतिक गौतमसहित ५ जना पक्राउ
जिउँदो खसी र च्याङ्ग्राको मूल्य तोकियो, खसीको प्रतिकिलो ६७०, च्याङ्ग्राको १२२०