नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज विस्तार गरेको मन्त्रिमण्डलमा सबै यसअघिकै सरकारका सदस्यहरु छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभाको ठूलो दलका नेताका हैसियतमा संविधानको धारा ७६ को उपधारा (३) बमोजिम बिहीबार नियुक्त प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालयको जिम्मेवारी आफूले सम्हालेका छन् भने उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मन्त्रीको जिम्मा भएको छ ।
विस्तारित मन्त्रिपरिषद्मा २२ मन्त्री र तीन राज्यमन्त्री छन् । नियुक्तमध्ये २० मन्त्री र दुई राज्यमन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिए ।

गृहमन्त्री थापाको नियुक्ति निर्वाचन आचारसंहिता उल्लंघन
निर्वाचन आयोगले ६ जेठमा हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता जारी गरिसकेको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठद्वारा बिहीबार जारी सूचना अनुसार, २९ वैशाखदेखि उपनिर्वाचन सम्पन्न नहुँदासम्मका लागि बागमती प्रदेशभरि आचारसंहिता लागू भइसकेको छ।
निर्वाचन आचारसंहिता, २०७२ मा नेपाल सरकार र नेपाल सरकारका मन्त्री लगायतलाई नै आचारसंहिता लागू हुने स्पष्ट उल्लेख छ। तर, उपनिर्वाचनमा राष्ट्रिय सभा सदस्यमा नेकपा (एमाले)को तर्फबाट उम्मेदवारी दिएका रामबहादुर थापा भने पुनः गृहमन्त्रीमा नियुक्त भएका छन्।
नवनियुक्त गृहमन्त्री थापाले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन्। निर्वाचनका जानकारहरू भने उम्मेदवार बनेको व्यक्तिले नियुक्ति लिनु आचारसंहिता विपरीत भएको बताएका छन्।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु