काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शपथ लिँदा गरेको गल्ती विरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ ।
शपथ कानुन विपरीत भएकाले बदर गर्न माग गर्दै अधिवक्ता चन्द्रकान्त ज्ञवालीले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएको सर्वोच्च स्रोतले बतायो। प्रधानमन्त्री ओलीको शपथलाई लिएर वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरू लोकेन्द्रबहादुर ओली र केशरजङ्ग केसी रिट निवेदन लिएर सर्वोच्च पुगेका हुन् । उनीहरुले संविधानको धारा–८० अनुसार शपथ बदर गरेर दोस्रो पटक शपथ गराउन माग गरेका छन् ।
प्रधानमन्त्रीले ठिक ढङ्गले शपथ नै नलिई गरेको सात मन्त्रीको नियुक्ति विरुद्ध अर्का अधिवक्ता सन्तोष भण्डारीले पनि रिट पेस गरेका छन्। तर, रित पुरा नभएकोले रिट दर्ता भएको छैन।
‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भनेर राष्ट्रपति विद्या भण्डारीले शपथ गराउँदा ओलीले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्यांश छुटाएका थिए। त्यति मात्र होइन उनले राष्ट्रपतीले दोहोर्याउँदा ‘यो पर्दैन’ भन्दै शपथग्रहण अगाडि बढाएका थिए । उनको त्यस्तो जवाफ सुनेर राष्ट्रपति हाँसेकी थिइन्।
उनले गरेको अर्को गल्ती के हो भने त्यसपछि शपथमा प्रयोग भएको ‘ईश्वर’ भन्ने शब्द पनि उच्चारण गरेनन्। नेपालमा यसअघि २०६५ साउन ८ गते पूर्व उपराष्ट्रपति परमानन्द झाले लिएको शपथ विवादमा तानिएको थियो।
तत्कालीन राष्ट्रपति राम वरण यादवले नेपालीमा शपथ खुवाए पनि झाले हिन्दीमा उल्था गरेर पढेपछि विवादित भएको थियो। राष्ट्रपति, उपराष्ट्रपतिले लिने शपथको ब्यहोरा संविधानमै लेखिएकोमा उनले त्यो अस्वीकार गरेका थिए । यो विवादलाई तत्कालीन प्रधानन्यायाधीश मीनबहादुर रायमाझी र न्यायाधीश बलराम केसीको इजलासले उक्त शपथ संविधानसम्मत नभएको भन्दै बदर गरिदिएको थियो ।
सम्बन्धित खबर
सुदनले अन्तिम विकल्प संसद पुनर्स्थापना हुनसक्छ भनेपछि जेनजीहरू त्रसित
प्रतिनिधिसभा पुनर्स्थापना माग्दै कांग्रेस सांसदले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै
एमालेको मतदानमा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने
एमाले महाधिवेशन : मतदान जारी, लामबद्ध प्रतिनिधि
निर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौं : प्रधानमन्त्री
पर्यटनको सम्भावना बोकेको मुस्ताङको ‘झारकोट’ ओझेलमा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?