जसपामा युद्धविरामः ओली सरकारमा नजाने, पाए आफैं नेतृत्व लिने, ठाकुर र यादवबीच ८ बुँदे सहमति

जसपामा युद्धविरामः ओली सरकारमा नजाने, पाए आफैं नेतृत्व लिने, ठाकुर र यादवबीच ८ बुँदे सहमति

yadav thakur

काठमाडौं– आन्तरिक विवादका कारण फुटको संघारमा पुगिसकेको जनता समाजवादी पार्टी (जसपा)का दुई अध्यक्षबीच ८ बुँदे सहमति भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने र तटस्थ बस्नेबीचको विवादका कारण जसपाभित्र भाँडभैलो हुने स्थितिलाई तत्काल रोक्नेगरी महन्थ ठाकुर र उपेन्द्र यादवबीच ८ बुँदे सहमति भएको हो ।

जसपामा संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएको विषयले पनि विवादलाई बढावा दिएको थियो।

ओली सरकारमा नजाने, पाए आफैं नेतृत्व लिने

जसपाले तत्काल ओली सरकारमा नजाने निर्णय गरेको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो निर्णय गरेको हो । पार्टी सरकारमा सहभागी नहुने निर्णय गरेको हो। जसपा अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले आज संयुक्त विज्ञप्ति निकालेर पार्टी प्रतिपक्षमै रहने जनाएकाो हो ।

विज्ञप्तिमा भनिएको छ, ‘जनता समाजबादी पार्टी नेपाल संघीयत, लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र धर्मनिरपेक्षता, जाातीय, वर्गीय, लैंगिक र असमानतालाई अन्त्य गरी समानता, स्वतन्त्रता, सामााजिक न्याय र सामाजबाद सहितको लक्ष्य प्राप्तिका लागि मुलुकमा नयाँ वैकल्पिक लोकतान्त्रिक राजनिितक शक्ति निर्माणाको प्रकृयामा छ ।’

पार्टी भित्रका गतिविधिहरु पार्टीको विधान, विधि प्रकया र संगठनात्मक कार्य प्रणाली अनुरुप हुने गरी गरीनुपर्दछ विज्ञप्तिको ३ नं. बुँदामा भनिएको छ ।

राजनीतिक दाउपेच र अड्कलबाजीहरु भएपनि तत्काल पार्टी सरकारमा सहभागी नहुने कुरा स्पष्ट पारेको छ । बरु विभिन्न गुट उप गुटमा गैर जिम्मेवार गैर राजनीतिक कृयाकलाप भएको प्रति पार्टीको ध्यानकर्षण भएको जनाएको छ ।

राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा जनता समाजबादी पार्टी अघि बढ्ने प्रष्ट पारेको छ ।

तर, सरकारमा सहभागी नहुने कुरा प्रष्ट पार्दै पार्टी एकतालाई अझ सुदृढ गरी यसलाई बलियो बनाउन नेतृत्व र पार्टी सदस्य लाग्ने बताएको छ ।

बोलायो कार्यकारिणी समितिको बैठक

यसैबीच, जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक पनि तय भएको छ। ८ र ९ जेठमा पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बैठक बोलाइएको छ।

मंगलबार नै अध्यक्षद्वय ठाकुर र यादवले सरकारको नेतृत्वमा दावी गरी संयुक्त विज्ञप्ति निकालेपछि कार्यकारिणी समिति बैठक बोलाएका हुन् ।

पत्रमा उनीहरुले देशको वर्तमान परिस्थितिमा विभिन्न विषयमा विचार विमर्श गरी निश्कर्षमा पुग्नुपर्ने भएकाले बैठक राखिएको उल्लेख गरेका छन् । जसपामा ५१ सदस्यीय कार्यकारिणी समिति छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ