मुख्यमन्त्रीले तोके मन्त्रीहरुलाई जिम्मेवारी, स्वास्थ्य मन्त्रालय आफैं राखे

मुख्यमन्त्रीले तोके मन्त्रीहरुलाई जिम्मेवारी, स्वास्थ्य मन्त्रालय आफैं राखे

gandaki_sapath

गण्डकी प्रदेशको बुधबार विस्तार भएको मन्त्रिमण्डलमा मन्त्रीहरुको नयाँ कार्यविभाजन गरिएको छ ।

किरण गुरुङले अर्थ, भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालय, रामशरण बस्नेतले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था र ऊर्जा जलस्रोत तथा खानेपानी कानुन, सञ्चार तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यस्तै, नरदेवी पुनमगरले शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय, विकास लम्सालले पर्यटन, उद्योग, वाणिज्य आपूर्ति, वन वातावण तथा भू संरक्षण मन्त्रालय पाएका छन् ।

युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारीमा राजीव गुरुङ ‘दीपक मनाङे’ नै दोहोरिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नै मातहतमा राखेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds