काठमाडौं । नेकपा एमालेले पार्टीको उम्मेदवारको विपक्षमा मत दिनुलाई गम्भीरतापूर्वक लिएको बताएको छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा माधव नेपाल पक्षले राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा बादललाई मत नदिएको बारेमा गम्भीर छलफल भएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।
बैठकले पार्टीविरोधी गतिविधि र पार्टीको विरुद्धमा मतदान गर्ने प्रवृत्तिको भर्त्सना गरेको र यो घटनालाई क्षम्य मान्न नसकिने ज्ञवालीले बताए । उनले कार्यदल बनेपछि पनि पार्टीका विपक्षमा मतदान गर्ने कुरालाई सामान्य रूपमा लिन नसकिने प्रतिक्रिया दिए ।
बैठकमा माधव नेपाल पक्षको उद्देश्य एमालेमा रहने खालको नदेखिएकोले कार्यदलको वार्ता अघि बढाउने कि नबढाउने भन्ने बारेमा समेत गम्भीर छलफल भएको एमाले स्रोतले जनाएको छ । एकपटक निर्णायक ढंगले छलफल गर्ने र त्यसपछि पनि पार्टीविरुद्ध उभिने क्रम जारी रहे वार्ता प्रक्रिया बन्द गर्नुपर्ने विषय समेत उठेको बताइएको छ ।
एमालेमा एकता प्रयास शुरु हुनु अगाडि नेपाल समूहका डा. खिमलाल देवकोटालाई विपक्षी दलहरुले साझा उम्मेदवार बनाएका थिए । एमालेमा एकता प्रयास शुरु भएपछि पनि देवकोटाको उम्मेदवारी कायमै रह्यो । एमाले अध्यक्ष र महासचिवले पार्टीका उम्मेदवारलाई मत दिन निर्देशन दिए पनि कतिपयले अवज्ञा गरेका छन् ।
‘पार्टी निर्देशन अवज्ञा गर्दै कतिपय नेता र जनप्रतिनिधिहरुले जुन ढंगले क्रियाकलाप गर्नुभयो त्यसलाई बैठकले अत्यन्त गम्भीरतापूर्वक लिएको छ’ प्रवक्ता ज्ञवालीले भने ।
जेठ २ मा पार्टी विवाद समाधान गर्न कार्यदल बनेपछि पार्टीको निर्णय सबैले मान्नुपर्ने उनले बताए । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता भएर कार्यदल बनेको २ जेठलाई कट अफ डेट मान्न सकिने भन्दै ज्ञवालीले भने, ‘कार्यदल बनिसकेपछि त्यो भन्दा अगाडि र पछाडिका कुरालाई एउटै ढंगले हेर्न मिल्दैन । यो विषय असाध्यै गम्भीरतापूर्वक लिएका छौं ।’
हेर्नुहोस् निर्णय

सम्बन्धित खबर
रास्वपाले सार्वजनिक गर्यो पहिलो राष्ट्रिय महाधिवेशन कार्यतालिका, यस्तो छ चुनावी सेड्युल
भारत जाँदै रास्वपा सभापति रवि, मोदीसँग भेट्ने प्रयास
नेपाललाई बेवास्ता गर्दै नेपाली भूमि लिपुलेक पास भएर मानसरोवर जाँदै भारतीय टोली
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’
सभामुखले भेटेरै आग्रह गर्दा पनि संसदमा प्रश्नोत्तरका लागि समय दिएनन् प्रधानमन्त्री बालेनले
बीपी र केपीका सत्ता गुमेजस्तै घण्टी पनि जानेजस्तै छः गोकुल बास्कोटा
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’