काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई तिमी भनेर सम्बोधन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश व्यक्त गरेका छन् । आज देउवाले जारी गरेको वक्तव्यको भाषाप्रति असन्तुष्टि जनाउँदै उनले ‘राष्ट्रपतिलाई तपाई समेत भन्ने सभ्यता नेपाली काँग्रेसमा रहेनछ’ भन्दै कटाक्ष गरे ।
बालुवाटारमा बुद्धिबहादुर रायमाझीको १६ वर्षे जेल जीवनको पुस्तक लोकार्पण कार्यक्रममा सम्बोधन गर्दै ओलीले भने, “आज कांग्रेस सभापति देउवाको औपचारिक वक्तव्य हेरेँ । राष्ट्रपतिलाएई तपाईँसम्म भनिएको छैन । राष्ट्रपतिको सम्बन्धमा बोलिएको भाषा यस्तो छ । सामन्तवादप्रतिको दलाली त्यस ठाउँमा एकजना कुलिन घराना पाखण्ड सिद्धान्तको आधारमा आएको राजा नामको पात्र भएको भए कस्तो कस्तो भाषा बोलेर निहुरिएर हात मुसारेर के के भाषा बोल्थे यिनै मानिसहरु ? जनताका छोराछोरीलाई तपाईं पनि भन्न हुँदैन ? भन्दै प्रश्न गरेका छन् ।
“असभ्य तरिकाले बोल्नु आफ्नो बहादुरी ठान्छन् । अरुलाई तँ तिमी भन्नु बहादुरी ठान्छन्,” उनले भने, “कांग्रेस सभापतिको भाषाको स्तर देखेपछि गणतन्त्रलाई खुइल्याउने अभियान कहाँसम्म पुगेको छ भन्ने अचम्म लाग्छ ।”
सम्बन्धित खबर
बिवाईडीको कर प्रकरणमा एमालेको दाबी- ठोकेर भन्न सक्छौँ, घोटाला भएको छ
बालेनका कारण रवि रक्षात्मक, भन्छन्: प्रधानमन्त्री बोल्नु हुन्न, परराष्ट्रमन्त्रीले जवाफ दिनुहुन्छ
अर्थमन्त्रीमाथि राजद्रोहको मुद्दा लाग्नुपर्छ: ज्ञानेन्द्र शाही
प्रधानमन्त्रीले नेपालले मिचेको जमिन देखाउनुपर्छ, नत्र बोली सच्याउनुपर्छ: हर्क सम्पाङ
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
प्रधानमन्त्रीको भनाइ भारतमा सच्याए परराष्ट्रमन्त्री खनालले, सीमा विवाद, नेपालको परराष्ट्रनीति र प्रधानमन्त्री शाहबारे के भने?
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु