काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिरमा गोबर छ्याप्ने नेपाल विद्यार्थी संघका एक नेतालाई प्रहरीले पत्क्राउ गरेको छ । मध्यबानेश्वरको पिपलबोटबाट नेविसंघका पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको महामन्त्री दीपक भट्टराईले जानकारी दिए ।
त्रिपाठीलाई प्रहरीले महानगरीय प्रहरी वृत्त, बानेश्वरको हिरासतमा राखेको छ । उनलाई रिहाइ गर्न नेविसंघले माग गरेको छ । ‘मष्तिस्कमा गोबर भरिएका महामहिम जोडीलाई आज बनेश्वरमा गोबर उपहार दिने क्रममा पक्राउ परेका नेपाल विद्यार्थी संघका नेता नवराज त्रिपाठीलाई यथाशीघ्र विनाशर्त रिहाइको जोडदार माग गर्दछु,’ महामन्त्री भट्टराईले भने ।
राष्ट्रपति र प्रधानमन्त्रीले थप संकटलाई निम्तो दिएकाले आफूहरू सडक संघर्षमा आउन बाध्य भएको र सम्पूर्ण लोकतन्त्रवादी एक जुट भई संघर्षको बाटोबाट संविधानको संरक्षण गर्न उनले आग्रह गरे ।
सम्बन्धित खबर
०८४ को निर्वाचन पछि एमालेको एकल सरकार हुनुपर्छः ओली
बालेनले भने – ‘मिसन ८४ ले देश बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ’
रास्वपाको राजनीतिक मार्ग ‘बहुलवादी लोकतान्त्रिक’ हुने
रास्वपामा स्वर्णिम वाग्ले उपसभापति बन्दा अनिलकेशरी शाह केन्द्रीय सदस्य
राजा ल्याउन खोज्ने चेष्टा नगर्न नेकपा एसका अध्यक्ष नेपालको चेतावनी
दुर्गा प्रसाईंको प्रदर्शनमा ९ हजार र युवा संघमा ७ हजारको सहभागिता रहेको सुरक्षा निकायको आंँकलन
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका