काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायरका लागि विपक्षी गठबन्धनमा रहेका सांसदहरुले धमाधम हस्ताक्षर संकलन गरिरहेका छन् ।
सिंहदरबारमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको संसदीय दलमा आ आफ्ना पार्टीका सांसद नागरिकतासहित उपस्थित भएर हस्ताक्षर गरिरहेका छन् ।
विपक्षी गठबन्धनमा रहेका १४९ जना सांसदहरुका तर्फबाट रिट दायर गर्ने तयारी छ । त्यसका लागि गठबन्धनका नेताहरु अहिले कानुनविद्हरुसँग पनि छलफलमा छन् ।उनीहरुले आजै सर्वोच्चमा रिट दायर गर्ने तयारी छ ।
दर्जन बढी रिट निवेदक पुगिसके, २ बजेपछि दर्ता हुने
सर्वोच्चमा १२ बजेसम्म १३ वटा रिट पेश भएको छ। अदालत प्रशासनका अनुसार पेस भएका १३ वटा रिट निवेदनका फाइललाई क्वारेन्टाइन गरिएको छ। दिउँसो २ बजेपछि अध्ययन गरेर दर्ता प्रक्रियामा जानेछ।
रिटमा संविधान मिचेर गरिएको प्रतिनिधिसभा विघटन बदर गर्नुपर्ने, अहिलेको प्रधानमन्त्री र मन्त्रिपरिषद्ले कुनै पनि कामकारवाही नगर्न/नगराउन अन्तरिम आदेश दिनुपर्ने र शेरबहादुर देउवालाई अवसर दिनुपर्ने माग गरेका छन्।
सम्बन्धित खबर
०८४ को निर्वाचन पछि एमालेको एकल सरकार हुनुपर्छः ओली
बालेनले भने – ‘मिसन ८४ ले देश बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ’
रास्वपाको राजनीतिक मार्ग ‘बहुलवादी लोकतान्त्रिक’ हुने
रास्वपामा स्वर्णिम वाग्ले उपसभापति बन्दा अनिलकेशरी शाह केन्द्रीय सदस्य
राजा ल्याउन खोज्ने चेष्टा नगर्न नेकपा एसका अध्यक्ष नेपालको चेतावनी
दुर्गा प्रसाईंको प्रदर्शनमा ९ हजार र युवा संघमा ७ हजारको सहभागिता रहेको सुरक्षा निकायको आंँकलन
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका