भोलिपल्टै सरकारी गाडी फिर्ता गरिन् एमाले सचेतक चौधरीले

भोलिपल्टै सरकारी गाडी फिर्ता गरिन् एमाले सचेतक चौधरीले

shanta chaudhari

काठमाडौं। नेकपा एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले संसद सचिवालयले उपलव्ध गराएको गाडी फिर्ता गरेकी छिन्। विघटित प्रतिनिधि सभा सांसद रहेकी उनले प्रतिनिधि सभा विघटन भएसंगै गाडी फिर्ता गरेकी हुन् ।

सांसद पदबाट मुक्त भएपछि भोलिपल्ट नै उनले सांसदको हैसियतको सरकारी सेवा सुविधा नलिने मनसायका साथ गाडी फिर्ता गरेकी हुन् ।

दलहरुले नयाँ सरकार गठन गर्न नसकेपछि मन्त्रीपरिषद्ले प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणाका लागि राष्ट्रपतिसमक्ष सिफारिस भएकोमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राति प्रतिनिधिसभा विघटन गरेकी थिइन् । हिजो शनिबार परेको थियो ।

कतिपयले वर्षौंदेखि गाडी फिर्ता नगरेको उदाहरण प्रशस्त छन् । संसद सचिवालयले प्रमुख दलका प्रमुख सचेतक र सचेतकलाई गाडी र इन्धन सुविधा दिने गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ